
१० साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले यही साता मात्र लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो । समयक्रमसँगै प्रतिस्पर्धामा पनि जटिल बन्दै जाने देखिन्छ । त्यसै अनुरुप बस्तुगत प्रस्न (बहुबैकल्पिक ) अङ्कभारमा ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ । खण्ड ‘क’ अन्तर्गत ‘विषयवस्तु सम्बन्धी ज्ञान’ र खण्ड ‘ख’ ‘शिक्षण सहजीकरण प्रक्रिया’ गरी दुइृ खण्डमा विभाजन गरिएको छ ।
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज तपाईकै आवश्यकतालाई मनन गर्दै निम्न माध्यामिक तहको नेपाली विषयको वस्तुगत प्रश्न लिएर आएका छौँ ।
यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही सम्भावित वस्तुगत प्रश्नको संगालो ।
विषय : नेपाली पूर्णाङ्क : ४०
तह : निम्न माध्यामिक
१. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ?
क. सामाजिक यथार्थवादी धारा ख. मनोबैज्ञानिक धारा
ग. प्रगतिवादी धारा घ. प्रयोगवादी धारा
२. आयामेली आन्दोलनको सुरुवात कहिले भएको हो ?
क. वि.सं. २०३० ख. वि.सं. २०३२
ग. वि.सं. २०२० घ. वि.सं. २०२२
३. स्वैरकल्पनात्मक कथाकार भनेर कसलाई चिनिन्छ ?
क. इन्द्रबहादुर राई ख. मनु ब्राजाकी
ग. धु्रवचन्द्र गौतम घ. मोहनराज शर्मा
४. आधुनिक नेपाली कथामा समसामयिक धाराको सुरुवात पहिलेबाट भयो ?
क. वि .सं. २०३० ख. वि.सं. २०३२
ग. वि.सं. २०३६ घ. वि.सं. २०३८
५.‘एक बसाइमा पढी सकिने र आफैँमा पूर्ण कथात्मक कृति कथा हो ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. हड्सन घ. गुरुप्रसाद मैनाली
६. ‘कथा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ’ यो भनाइ कसको हो ?
क. महाभारत ख. एड्गर एलेन पो
ग. देवकोटा घ. गुरुप्रसाद मैनाली
७. जीवनजगत्लाई सजिलै बुझ्ने तथा आर्दशमा अनुबन्धित भएका पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा
ग. आञ्चलिक घ. मौलिक
८.‘ शब्द र अर्थले युक्त भएको पदावली काव्य हो’यो भनाइ कसको हो ?
क. विश्वनाथ ख. भामह
ग. जगन्नाथ घ. रुद्रट
९. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कथालाई के भनिन्छ ?
क. उपन्यास ख. नाटक
ग. कथा घ. एकाङ्की
१०. अलङकारमा तुलना गर्नका लागि तोकिएको अर्काे वस्तुलाई के भनिन्छ ?
क. उपमेय ख. उपमान
ग. वाचक घ धर्म
११. ‘तिमी जुन हौ’ भन्ने वाक्यमा ‘तिमी चन्द्र हौ’ भन्दा पनि अर्थमा परिवर्तन आएको छैन भने यहाँ कुल अलङ्कार प्रयोग भएको छ ?
क. शब्दालङ्कार ख. अर्थालङ्कार
ग. अलङ्कार घ. उपमा
१२. वर्णहरु भाषामा कसरी देखा पर्दछन् ?
क. अर्थभेदक भएर ख. अर्थअभेदक भएर
ग. साधक भएर घ. माथिका सबै
१३. नेपाली भाषाले कहिलेदेखि छापायुगमा प्रवेश पाएको हो ?
क. वि.सं.१९४८ ख. वि.सं.१९५८
ग. वि.सं.१९४० घ. वि.सं.१९८५
१४. नेपाली भाषामा आधुनिकता भित्राउने पत्रिका कुन हो ?
क. शारदा ख. माधवी
ग. गोरखापत्र घ. गोर्खासंसार
१५. कुनै वस्तु वा व्यक्तिको आकृति र त्यससम्बन्धी अवधारणा आदिलाई मस्तिष्कमा प्रतिच्छाँयाका रुपमा प्रस्तुत गर्ने कार्यलाई के भनिन्छ ?
क. विम्ब ख. प्रतीक
ग. अलङ्कार घ. व्यङ्ग्य
१६. भारोपेली परिवारका भाषलाई शतम् र केन्तुम गरी कसले विभाजन गरेका हुन् ?
क. भाषविद् अस्कोली ख. भाषाविद् नोम चम्स्की
ग. भाषाविद् हकेट घ. भाषाविद् सस्युर
१७. भारोपेली भाषा परिवारलाई कुन कुन नामले पनि चिनिन्छ ?
क. इन्डो युरोपियन ख. इन्डो हिट्रेली
ग. इन्डो जर्मनिक घ. माथिका सबै
१८. नाटकमा अभिनयका प्रकार कुन कुन हुन्छन् ?
क. आङ्गिक र वाचिक ख. सात्विक
ग. आहार्या घ. माथिका सबै
१९ वाक्यको संरक्षक घटक कुन होइन ?
क. पद ख. पदावली
ग. अनुच्छेद घ. उपवाक्य
२०. रिक्त रुप प्रयोग भएको शब्द कुन हो ?
क. गुरुङसेनी ख. खान्छ
ग. बजार घ. हरि
२१. कुन रसलाई रसहरुको राजा भनिन्छ ?
क. शृङ्गार ख. वीर
ग. करुण घ हास्य
२२. नेपाली भाषामा देवनागरी लिपिका कति वटा व्यञ्जन वर्णहरु मात्र व्यतिरेकी अवस्थामा छन् ?
क. २४ ख. २६
ग. २९ घ ३६
२३. वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई के भनिन्छ ?
क. नाम ख. सर्वनाम
ग. विशेषण घ. क्रियापद
२४. राम पुस्तक पढ्छ । यो कुन वाक्यको उदाहरण हो ?
क. सरल वाक्य ख. मिश्र वाक्य
ग. संयुक्त वाक्य घ. पूर्ण वाक्य
२५. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
-सरल वाक्य
२६. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
-वर्ण
२७. वत्स्र्य व्यञ्जन वर्ण कुन हो ?
क. क् ख. थ्
ग. ठ् घ. ब
२८. जा + छ = जान्छ । यसमा के भएको छ ?
क. लोप ख. आदेश
ग. आगम घ. क्रमपरिवर्तन
२९. कुनै लिखित वा मौखिक अभिव्यक्तिलाई पढेर वा सुनेर त्यसमा निहीत भाव ग्रहण गर्ने प्रक्रियालाई के भनिन्छ ?
क. बोध ख. अभिव्यक्ति
ग. सुनाइ घ. बुँदाटिपोट
३०. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक
ग वर्णनातमक घ. सूत्रात्मक
३१. चिठी पत्रको मुख्य उद्देश्य के हो ?
क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु
ग. जानकारी लिनु घ. कुनै पनि होइन
३२. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी
ग. सारांशीकृत घ. पहिलो
३३. बोध केका लागि गरिन्छ ?
क. पठन ख. श्रवण
ग. बोध घ. अभिव्यक्ति
३४. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र
ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा
३५. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन
ग. सिर्जनात्मक लेखन घ. बैद्धिक लेखन
३६.व्यावहारिक लेखनअन्तर्गत नपर्ने रचना कुन हो ?
क. सूचना ख. विज्ञापन
ग. चिठी घ. निबन्ध
३७. लिखित सामग्रीको बोध गर्नका लागि कुन पठन बढी उपयोगी हुन्छ ?
क. मौन पठन ख. सस्वर पठन
ग. द्रुत पठन घ. लिखित पठन
३८. अनुच्छेदको समग्र भाव कहाँ रहेको हुन्छ ?
क. शीर्ष भाव ख. सहयोगी भाव
ग. सारांशीकृत वाक्य घ. अन्य वाक्य
३९. ………. सहभागी हुने पात्रहरुलाई आफ्ना आफ्ना पक्षमा तर्कहरु पेश गर्दै आफ्नो पक्षको पुष्टि र विपक्षीका तर्कहरुको खण्डन गर्दछन् ।
क. संवाद ख. वक्तृता
ग. वादविवाद घ. मनोवाद
४०. वक्तृतालाई कुन नामले चिनिन्छ ?
क. भाषण ख. प्रवचन
ग. मनोवाद घ. क र ख दुवै