back
CTIZAN AD

ट्राफिक कारवाहीमा ३१ करोड बढी राजश्व सङ्कलन

वि.सं.२०७६ साउन १० शुक्रवार

1.1K 

shares

१० साउन, काठमाडौँ । साउन ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन गरेको जानकारी दिए । “ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही स्वरुप जरिवाना लिँदै आएका छौँ”, उनले भने ।

उपत्यकामा रहेका महाशाखाका करिब तीन ट्राफिक प्रहरी युनिटमध्ये महाशाखापछि दरबारमार्गस्थित ट्राफिक प्रहरी पोष्टले सबैभन्दा बढी ३५ हजारको संख्यामा ट्राफिक कारवाही गरी रु दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको पोष्ट इन्चार्ज प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

महाशाखाले आव २०७४÷७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो । महाशाखाले हाल काठमाडौँका ४० कार्यालयबाट उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै आएको छ । महाशाखामा हाल एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।

यातायात व्यवस्था विभागका अनुसार देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।

वि.सं.२०७६ साउन १० शुक्रवार १०:१० मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...