back
CTIZAN AD

पढाइ खर्च दिने नाममा लाखौँ असुलेपछि …

वि.सं.२०७६ साउन १० शुक्रवार

930 

shares

१० साउन, काठमाडौँ । एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक हजार बुझाउँछन् । एक–दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्काे लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई मुलुकको राजधानी नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय छाँगाबाट खसेजस्तो गरी तर्सन्छन् । यस्तै घटनाले अहिले दुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् ।

घटना काठमाडौँस्थित कोटेश्वरको हो । सर्भाइबल फाउण्डेशन नामक संस्थाले बालबालिकालाई पठनपाठनका लागि विदेशबाट पैसा आउने लोभ देखाएर हरेक व्यक्तिसँग रु एक–एक हजारका दरले रकम उठाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म उनीहरुबाट झण्डै रु २५ लाख उठाएको पाइएको छ । अन्य सयौँ व्यक्तिसँग पनि रु एक हजारका दरले लाखौँ पैसा उठाएको भन्ने जानकरी आएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । “पैसा लिएको भनेर धेरैको निवेदन आएको छ, ठग्ने मनसायले नै गरीबसँग पैसा लिएको देखिन्छ, अनुसन्धान पछि धेरै कुरा बाहिर आउँला”, बोगटीले भने ।

नेटवर्किङ व्यवसायको नाममा करोडाँै रुपैयाँ ठगी गरेको घटना यसअघि पटकपटक भएको थियो । त्यस्ता घटना अहिले अलि सेलाएको छ । यसपटक अलि फरक किसिमबाट गरीब तथा विपन्न समुदायलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ सङ्कलन गरेको घटना सार्वजनिक भएको छ ।

सर्भाइबल फाउण्डेशनले बालबालिकाको रजिष्ट्रेशनका लागि भन्दै व्यक्तिबाट रु एक हजारका दरले पैसा असुलेको हो । विदेशबाट पैसा आएपछि रु पाँच हजारका दरले दिर्नेे भनेकाले आफूहरुले कागजपत्रसहित रु एक हजार दिएको बानेश्वर प्रहरी वृत्तमा पैसा फिर्ता माग गर्दै आइपुगेकी एक महिलाले बताइन । सयौँ महिला पैसा र कागजात फिर्ताको माग गर्दै प्रहरीमा आइपुगेका छन् ।

कुनै पनि संस्थाले यसरी पैसा उठाउन पाउने कानूनी प्रावधान नभएको प्रहरीको दाबी छ । संस्थाविरुद्ध ठगी गरेको भन्दै केही व्यक्तिले उजुरी गरेपछि प्रहरीले संस्थाका चार जना पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका संस्थाका अध्यक्ष आइस्था परियार, प्रमुख कार्यकारी अधिकृत ईश्वरसिंह राउत, उपाध्यक्ष सोमरसिंह घलान र कोषाध्यक्ष विष्णुमायाँ दाहाल छन् ।

उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिए । संस्थाका महासचिव तेजबहादुर कार्की फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाले सबै काम कार्कीले गरेको भनेर बताइरहेको प्रहरीले बताएको छ ।

उक्त संस्थाले बढी पैसा आउने भन्दै रजिष्ट्रेशन शुल्कको नाममा पैसा असुलेको पाइयो, अहिलेसम्म झण्डै दुई हजार ५०० को नाम दर्ता भएको फाइल हामीले बरामद गरेका छौँ, ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गर्दैछौँ”, वृत्तका प्रहरी नायब उपरीक्षक रेग्मीले भने ।

स्थानीयका अनुसार झण्डै चार हजार व्यक्तिसँग पैसा असुल गरिएको छ । कतिलाई रसिद दिइएको छ भने कतिबाट त्यसै पैसा सङ्कलन गरिएको छ । प्रहरीको अनुसन्धानले रु २५ लाख रकम उठाएको अनुमान छ । उनीहरु पक्राउ परेपछि पैसा बुझाएका रकम र बुझाइएको व्यक्तिगत विवरण फिर्ताको माग गर्दै प्रहरीमा पुगेका छन् ।

संस्था भने समाज कल्याण परिषद्मा गैरनाफामुखी भनेर एक वर्षअघि दर्ता भएको पाइएको छ । बालबालिकाको विवरण पठाएपछि विदेशबाट पैसा आउने र त्यही पैसा वितरण गर्ने लोभमा गरीब परिवारले पैसा दिएको पाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:५३ मा प्रकाशित

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...