२८ जुलाई, कतार । नेपाली दूतावास कतारले राम्रो तलब पाईन्छ भनेर कसैले गरेको उक्साहटमा लागेर आफू कार्यरत कम्पनी नछोड्न कतारमा कार्यरत नेपाली कामदारलाई अनुरोध गरेको छ ।
दूतावासले आइतबार एक सूचना जारी गर्दै राम्रो तलब पाउने आश्वासनमा आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिम काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको खोजीका लागि कामदारले थप पैसा समेत तिरेको र आफू अलपत्र परेको भनेर दूतावासमा उद्धारका लागि आउने क्रम बढिरहेको बताएको छ ।
‘तर्सथ, प्रयाप्त र ठोस आधार विना आफू कार्यरत कम्पनीबाट आफूखुसी वा कसैको उक्साहटमा परी कार्यरत कम्पनी नछोड्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’ दूतावासले जारी गरेको उक्त सूचनामा भनिएको छ ।

वि.सं.२०७६ साउन १२ आइतवार १८:१८ मा प्रकाशित




























