back
CTIZAN AD

दुई वडाबाट रु दुई करोड बढीको लिची बिक्री

वि.सं.२०७६ साउन १३ सोमवार

954 

shares

१३ साउन, खोटाङ । रासस रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् । वडा नम्बर–१ कुभिन्डे र वडा नम्बर–२ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट रु दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन् ।

कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे र खार्पामा यस वर्ष एक हजार ४८७ मेट्रिक टनभन्दा बढी लिची उत्पादन भएको जनाइएको छ ।
लिचीलाई प्रतिदानाका हिसाबले बिक्री गरिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मान्दा प्रतिकेजी रु ३५ पर्ने किसानले बताएका छन् । कुभिन्डे र खार्पाको १७५ हेक्टर क्षेत्रफल जग्गामा लिची खेती गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाको करीब ४०० हेक्टर क्षेत्रफल जमीनमा लिची खेती गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । जिल्लामा हाल रावाबेंसी गाउँपालिकाको कुभिन्डे र खार्पामा मात्र लिची उत्पादन हुने भएकाले सो स्थानका किसानले लिचीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

कुभिन्डे र खार्पामा उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐसेलुखर्क लगायतका बजारमा खपत हुने गरेको छ । रावाबेंसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुङ्गा र सोलुखुम्बूसम्म पुग्ने गरेको छ ।

रावाबेंसी गाउँपालिकाका स्थानीयवासीले कोसेलीका रुपमा काठमाडौँ, धरान, बिराटनगर लगायतका ठाउँमा समेत कुभिन्डे र खार्पामा उत्पादित लिची पु¥याउने गरेका छन् । कुभिन्डे र खार्पामा उत्पादित लिची गाउँकै स्थानीयले ठेगेर बजार पु¥याउने गरेका छन् ।

बोटमा कम्तिमा रु १२० मा १०० वटाका दरले ठेग्न पाइने लिची बजारमा पु¥याएपछि प्रतिगोटा कम्तिमा रु दुईमा बिक्री हुन्छ । एक जनाले एक पटकमा हजार दानाभन्दा बढी लिची बजार पु¥याउन सकिने कृषकले बताएका छन् ।

कुभिन्डेका अधिकांश लिची कृषक आफूले उत्पादन गरेको लिची आफैँले डोकोमा बोकेर बजार पु¥याउने गरेका छन् । आफैँले बोकेर बिक्री गर्दा ज्यालासमेत बच्ने भएकाले आफूले उत्पादन गरेको लिची आफैँ बोकेर बिक्री गर्ने गरिएको कुभिन्डेकी किसान रीता मगरले बताइन ।

जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार जेठ पहिलो सातादेखि नै कुभिन्डेमा उत्पादित लिची आउने गरेको छ ।

लिचीको उत्पादनलाई मध्यनजर गर्दै कुभिन्डेलाई लिचीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । “कुभिन्डेमा लिचीका लागि राम्रो ठाउँ छ”, उनले भने, “गाउँपालिकाले कुभिन्डेलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम अघि सारिएको छ ।”

पछिल्लो समय लिचीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको विजयखर्क, याम्खा, राजापानी, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, लामीडाँडा, हलेसी लगायतका ठाउँमा पनि लिची खेती गरिएको छ । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्वर्खुशिवालय, मात्तिम, रतन्छा, बुइपा, इन्द्रेणीपोखरी, बतासे, दुवेकोल, छोरम्बु, डुम्रेधारापानी, च्यास्मिटार, डिकुवा लगायतका किसानले समेत लिची खेती गर्न थालेका छन् ।

वि.सं.२०७६ साउन १३ सोमवार ०९:३९ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...