back
CTIZAN AD

असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

वि.सं.२०७६ साउन १३ सोमवार

969 

shares

१३ साउन, पर्वत । रासस पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो ।
वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र कम्बल उपहारको रुपमा वितरण गरे । सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले वृद्धलाई अपमान होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश यस सम्मान कार्यक्रमले दिएको भन्दै हरेक ज्येष्ठ नागरिक हाम्रो सम्पत्ति भएकाले उनीहरुको सम्मान र संरक्षण गर्नु राज्यका हरेक निकायको कर्तव्य हुनुपर्छ भने ।
बुढेसकालमा परिवारका सदस्यबाट समेत अपहेलित हुनुपर्ने पीडा धेरै वृद्धवृद्धाको छ । वडामा आफूले दिएको मतबाट निर्वा्चित जनप्रतिनिधिले कम्मल र लठ्ठीसहित सम्मानित हुँदा खुशी भएको वृद्ध नरबहादुर क्षेत्रीले बताए । “हामीलाई सम्झेर लौरी र कम्मल दिएको छ”, उनले भने, “हिँडडुल गर्न र जाडो हुँदा दुवै काम लाग्ने सामान दियो ।”
वडा कार्यालयले हरेक वर्ष वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । यस पटक लौरी र कम्बल दिएर सम्मानित गरिएको वडाध्यक्ष भीमप्रसाद गुरुङले बताए ।

वि.सं.२०७६ साउन १३ सोमवार ०९:०६ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...