back
CTIZAN AD

प्रधानमन्त्रीसँगको दुईघण्टे गोप्य भेटमा के कुरा गरे ‘रअ’ का प्रमुख गोयलले ?

वि.सं.२०७६ साउन १३ सोमवार

819 

shares

१३ साउन, काठमाण्डौं । भारतीय गुप्तचर संस्था रिर्सच एण्ड एनालाइसिस’ (R&AW)   ‘रअ’ का नवनियुक्त प्रमुख समन्तकुमार गोयलले तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा गोप्य वार्ता गरेको बताइएको छ ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छुट्टा छुट्टै भेट गरेका गोयलले प्रधानमन्त्री निवास बालुवाटारमा दुईघण्टा गोप्य वार्ता गरेको श्रोतले जनाएको सोमबारको साँघु साप्ताहिकले लेखेको छ ।

गोयलले साउन ५ गते आइतबार साँझ ८ः३० देखि १० :३० सम्म आफू र आफ्नो तीनजनाको टोलीसहित प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए । सो भेटमा प्रधानमत्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख गणेश अधिकारी,का साथ सरकारी सुरक्षा दस्ता (इस्कर्टिङ) सहित बालुवाटार पुगेका थिए ।

उक्त भेटलाई अनौपचारिक भनिए पनि व्यवहारिक रुपकमा हेर्दा भने औपचारिक सरहको रहेको थियो । स्रोतका अनुसार रअ प्रमुख गोयलको भ्रमणको समन्वय भारतीय पक्षका तर्फबाट नेपालस्थित ‘रअ’ का स्टेशन प्रमुख अभिजित हल्दर र नेपालका तर्फबाट गोयलका समकक्षी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले गरेका थिए ।

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीक राजनीतिक सल्लाहकार विष्णु रिमाल, बैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी रहेको बताइएको छ ।

स्रोतका अनुसार झण्डै २ घण्टाको वार्ताको प्रारम्भमै प्रधानमन्त्री ओलीले गोयलसँग एक्ला एक्लै भेटवार्ता गर्ने प्रस्ताव गरेका थिए । तर, गोयल टोलीले प्रधानमन्त्रीको त्यस प्रस्तावलाई भारतीय विदेश नीति, कुटनीतिक मूल्य मान्यताका कारण एक्ला एक्लै भेट्न नमिल्ने भएकाले ‘सरी’ को भावमा बडी ल्यांङवेजमा प्रस्तुत भएका थिए । तर, सो भेटवार्तामा प्रधानमन्त्री ओलीसँग भारतीय ‘रअ’ गोयल टोलीले गरेको भेटवार्ता उनीहरुको मिसनअनुरुप सफल भएको मानिएको छ ।

वार्ताका क्रममा नक्क्ली नोटको कारोबार नियन्त्रण, भारत विरोधि आतंकवादी तत्वले नेपालमा लिन सक्ने सेल्टर, आतंकवादी गतिबिधि नियन्त्रण, खुला सीमा सुरक्षामा सर्तकर्तालगायतका महत्वपूर्ण विषयमा छलफल भएको स्रोतको भनाई छ ।


असार १६ गते ( जुलाई १) बाट रअ प्रमुखमा नियुक्त भएका गोयलले तीन साता नबित्दै नेपालललाई पहिलो विदेश भ्रमणका लागि चयन गर्नुलाई कुटनीतिक तथा राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ । उनी साउन ४ गते नेपाल आएर ६ गते फर्किएका थिए ।

वि.सं.२०७६ साउन १३ सोमवार ०९:०४ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...