१३ साउन, काठमाडौँ । आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाब स्थिर रहेको जनाइएको छ । जल तथा मौसाम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई लगायत अन्या साना नदीहरुमा पानीको बहाब स्थिर रहेको र सबै नदीहरुमा बहाब सर्तकता तह भन्दा तलै रहेको छ ।
तर ताप्लेजुङ,भोजपुर,दोलखा,सिन्धुपाल्चोक,रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ,रोल्पा, रूकुम, डोल्पा, जुम्ला, दैलेख,अछाम, बाजुरा, बैतडी,दार्चुला र आसपास जिल्लाको खहरे खोलाहरुमा बहाब उल्लेख्य बढ्ने र आकस्मिक बहाबको सम्भावना रहने अनुमान महाशाखाको छ ।
मंगलबार र बुधबार पनि पानीको बहाब खासै उच्च नरहने बताइएको छ । आगामी ३ दिन मुख्य र मझौला नदीमा बहाब सर्तकर्त भन्दा तलै भएकाले ठूलो बाढीको जोखिम न्यून रहने तर नदी तटिय क्षेत्रमा गर्नुपर्ने कार्यहरु गर्दा भने सर्तकता अपनाउन अनरोध गरिएको छ ।
वि.सं.२०७६ साउन १३ सोमवार ११:०१ मा प्रकाशित






























