back
CTIZAN AD

किन रोग लुकाउँछन् महिला ?

वि.सं.२०७६ साउन १३ सोमवार

936 

shares


१३ साउन, डोटी । समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् ।

जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताए। उनले भने, “कैयौँपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा समाजको लाजका कारण आएनन् ।”

जिल्ला अस्पताल डोटीका अनुसार जिल्लामा करीब चार दर्जन पाठेघर खसेका महिला छन् । पाठेघर खसेका बारेमा श्रीमानलाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमानलाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका– ६ निरौली स्थानीय भागरथी बोहराले बताइन्। उनले भनिन् “ आफ्ना श्रीमान्लाई भन्दा दोस्रो विवाह गर्ला भन्ने डरले नभन्ने गरेको बुझ्यौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।”

सन्तान पाएको हप्तादिनभित्रमै महिलाले गहुँङ्गो र कठिन कामकाज गर्ने तथा आराम नगर्ने परम्परा गाउँमा कायमै भएका कारण यहाँका महिलामा बढीजसो आङ खस्ने समस्या देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर ललित लिम्बूले बताए। उनले भने, “नानीबाबु पाएका महिलाले धेरै आराम गर्नुपर्ने हो तर यहाँ त्यस्तो रहेनछ, भारी बोक्नेदेखि अन्य काम गर्दा रहेछन् त्यसैले यो समस्या आएको हो ।”

डोटीलगायत समग्र सुदूरपश्चिमका महिलाले आफ्नो ज्यान नै जोखिममा राखेर पाठेघरको रोग लुकाउने गरेकाले पाठेघरको समस्याले विकराल रुप लिँदै गएको दिपायलका स्थानीय तुलसी शाहीले बताए ।

उनले भने, “ज्यान नै खतरमा राखेर महिला रोग लुकाउन थालेका छन्, आफ्नो रोग लुकाए कसरी निको होला र ” पाठेघरको सहज, सरल र निःशुल्क उपचार हुन्छ भन्ने जान्दा जान्दै पनि समाजको डरका कारण सुदूरपश्चिमेली महिला वर्षौंदेखि पाठेघरको रोग लुकाउन बाध्य भएको सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीका संस्थापक अध्यक्ष भक्तबहादुर सिंहले बताए । उनले भने “पाठेघरको शल्यक्रिया निःशुल्क हुन्छ, समाजको डरले किन आफ्नो ज्यान खेर फाल्ने, ज्यानभन्दा ठूलो केही छैन ।” पीडित महिलालाई शल्यक्रिया गराउन सके यो रोग हट्नसक्ने संस्थापक अध्यक्ष सिंहको दाबी छ । (रासस)

वि.सं.२०७६ साउन १३ सोमवार १६:०६ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...