back
CTIZAN AD

४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

वि.सं.२०७६ साउन १३ सोमवार

1.4K 

shares


१३ साउन, झापा । हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ ।

मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार ४० वर्षदेखि नेपालको ‘हङकङ मार्केट’का रूपमा कहलिएको धुलाबारी बजारमा व्यापारीले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयलाई सुविधा भएको उनले बताए ।

धुलाबारी बजारमा चिनियाँ र तेस्रो मुलुकको सामान खरीद गर्न भारतको सिक्किम, दार्जिलिङ, सिलगढी, आसाम, मेघालय, नागाल्याण्ड मात्र नभएर भुटानको फुञ्चोलिङ र बङ्गलादेशको पञ्चगढबाट समेत खरीद आउने गरेको तिम्सिना बताउँछन् ।

शौचालयको निर्माणमा नगरपालिकाले रु पाँच लाख र मेची उद्योग वाणिज्य सङ्घले रु चार लाख लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले जानकारी दिएका छन् । (रासस)

वि.सं.२०७६ साउन १३ सोमवार १६:३६ मा प्रकाशित

झापामा चैते धानको रोपाइँ सुरु

झापामा चैते धानको रोपाइँ सुरु

झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ ।...

अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने...

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

फुुङ्लिङ (ताप्लेजुङ) । मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण...

उन्नत जातका सुन्तलाका बेर्ना वितरण

उन्नत जातका सुन्तलाका बेर्ना वितरण

भोजपुर । किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिका–५ बोखिमका...

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज...

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३...