पंचायतले वनाएका यी सम्मेलन केन्द्रहरूका कारण हामीले अझै सम्म राष्ट्रिय अन्तर्राष्ट्रयस्तरका सभा सम्मेलनका कार्यक्रम गर्न सकेका छौं ।
१. एकेडमी हल
२. राष्ट्रिय सभागृह
३. नाचघर
४. विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विगत १२ वर्ष देखि संसद भवन भाडामा लिएर)
२–राणाहरूले खोलेका केही प्रख्यात कलेज विद्यालयहरू–
१. दरबार हाईस्कूल
२. पद्मोदय हाईस्कूल
३. संस्कृत पाठशाला
४. भैरहवा हाईस्कूल
५. त्रिजुद्ध हाईस्कूल, नेपालगंज
६. त्रिजुद्ध हाईस्कुल, विराटनगर
७. पाटन हाईस्कुल
८. त्रिपद्म हाईस्कूल पाटन
९. पद्म पव्लिक हाईस्कूल पाल्पा
१०. रूरू संस्कृत विद्यापीठ रिडी
११. जेपी हाईस्कूल क्षेत्रपाटी
१२. श्री ३ चन्द्र हाईस्कूल कलैया
१३. श्री चन्द्र मिडिल स्कुल सिराहा
१४. पद्ममोदय पब्लिक स्कुल दाङ्ग
१५. गोकुण्डेश्वर हाई स्कुल धनकुटा
१६. धनकुटा भाषा मिडिल स्कुल
१७. पद्म पव्लिक हाईस्कुल, डोटी
१८. त्रिजुद्ध पव्लिक हाईस्कूल विरगंज
१९. हरिहर संस्कृत विद्यालय अर्घाखाँची
२०. त्रिचन्द्र कलेज
२१. श्री पद्म हाईस्कूल भक्तपुर
२२. त्रिमोहन हाईस्कुल, आठराई सक्रान्ती, तेह्रथुम ।
३. पंचायतकालमा मुलुकभरि संतुलन हुने गरी करिव २ दर्जन सरकारी उद्योग खोलिए–
१. भृकुटी कागज कारखाना,
२. बाँसबारी जुत्ता कारखाना
३. विराटनगर जुट मिल
४. जनकपुर चुरोट कारखाना
५. हरिसिद्धि आधुनिक ईटाटायल कारखाना
६. हिमाल सिमेन्ट फैक्ट्री
७. हेटौडा सिमेन्ट फैक्ट्री
८. उदयपुर सिमेन्ट फैक्ट्री
९. दोलखा म्याग्नेसाईट कारखाना
१०. ७ र ८ वटा विभिन्न औद्योगिक क्षेत्रहरू ः बुटवल, पाटन, बालाजु, नेपालगंज, विरगंज, पोखरा, विराटनगर , राजविराज, धनगढी !
११. बुटवल धागो कारखाना
१२. हेटौडा कपडा कारखाना
१३. भक्तपुर ईटा कारखाना
१४. विरगंज कृषि औजार कारखाना,
१५. विरगंज चिनी कारखाना
१६. महेन्द्र सुगर मिल
१७. लुम्बिनी चिनी कारखाना
१८. सुनवल चिनी कारखाना
१९. गोरखकाली टायर तथा रबर उद्योग
४. पंचायत कालमा राजाले दर्जनौं विद्युत तथा राजमार्गहरू योजनाहरू वनाए–
१. त्रिभुवन राजमार्ग
२. सिद्धार्थ राजमार्ग
३. पृथ्वी राजमार्ग
४. महेन्द्र राजमार्ग
५. रत्न राजमार्ग
६. पोखरा बाग्लुंग राजमार्ग
७. अरनिको राजमार्ग
८. त्रिसुली जलविद्युत योजना
९. मरिस्यांग्दी जलविद्युत योजना
१०. कुलेखानी जलविद्युत
११. १ दर्जन भन्दा धेरै मुलुकभरि सानाजलविद्युत योजना
१२ वैतडी बझांग राजमार्ग
१३. धनगढी डडेलधुरा राजमार्ग
१४. ट्रलीबस सेवा
५.राणाहरूले खोलेका सरकारी अस्पतालहरू–
१. बीर अस्पताल
२. त्रिचन्द्र अस्पताल (अहिले आर्मी)
३. भीम अस्पताल भैरहवा
४. पृ्थ्वीचन्द्र अस्पताल डोटी
५. बहादुरगंज अस्पताल कृष्णनगर
६. जलेश्वर हस्पिटल
७. रंगेली हस्पिटल
८. धनकुटा अस्पताल
६. ईन्जिनियरिंग प्रविधि भित्राउनमा नेपालमा राणाहरू निकै अग्रणी रहेका पाईन्छन्–
१. एशियाकै पहिलो ७०० फिट लामो सडक टनेल बनाए,
२. फर्पिंग जलविजुली १०० किवाको एशियाकै दोश्रो योजना वनाए, पनौति जलविद्युत पनि वनाए,
३. जनकपुर जयनगर रेलवे वनाए,
४. वीरधारा नामको काठमाडौंको खानेपानी प्रणाली बनाए जसले काठमाण्डौंमा अहिलेसम्म पानी वितरण धान्दिएर अझै सेवा दिईरहेको छ ।
५. काठमाडौं भीमफेदी रोपवे वनाए ।
६. बोकेरै भए पनि काठमाण्डौंमा गाडी ल्याएर सडकमा गाडी दगुराए ।
७. भीमनहर नामको ठूलो सिचाईं योजना बनाए ।
८. बैज्ञानिक गेहेन्द्र सम्सेरले उहिल्यै बन्दूक आविष्कार गरी वनाए ।
९. वीरधारा भन्ने पानी योजना पथलैयामा वनाए,
१०.जुद्ध म्याच फैक्टी बीरगंजमा बनाए ।
११. जुद्ध बारूण यन्त्र
त्यसपछि नेपालको ईन्जिनियरिंग विकासक्रम ढुल्मुलायो । योजनाहरू थुप्रै वनेतापनि कुनै नौलोपन देखिएन । बिकासको इतिहास भनेको सामाजिक इतिहास हो । हामी केवल राजनीतिक इतिहासलाई मात्र इतिहास ठान्यौ जसको वर्तमान र भविष्यमा खासै कुनै लाभ हुनेछैन÷ हुदैन । जे लाभ हामी पाउदै छौं तियो सामाजिक इतिहासका योगदानले पाएका हुन्छौं । राणाकाल पंचायतकाललाई बिकासको नजर हेर्ने हो भने शासकहरूले ठोस योगदान गरेको पाईन्छ । बहुदल पछिका बिकास शासकको नभएर निजी क्षेत्र र कर्मचारीतन्त्रको योगदानको बिकास हुन् ।
उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन् ।
वि.सं.२०७६ साउन १३ सोमवार १९:३९ मा प्रकाशित





























