Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कानुन बनाउने ‘संसद्का गतिविधि देखेर विद्यार्थी निराश



१४ साउन,मंगलबार । विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन् तर तिनै विद्यार्थी सोमबार संघीघ संसद्मै आइपुग्दा उत्साहित थिए । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो उनीहरु त्यसअगावै दर्शकदीर्घामा बसिरहेका थिए । उनीहरुको हातमा नोटबुक थियो थियो ।

सदन सुरु भयो । राष्ट्रिय गान बज्यो । सभामुख,मन्त्री र सांसद उठे । दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे । राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर मोहराले बैठकको कारबाही अगाडि बढाउन खोजे । त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जरयाकजुरुक्क उठेर बेल घेराउ गर्न पुगे । उनीहरु ‘संसदीय सर्वाेच्चता कायम गर्, संसदीय समिति गठन गर गर्’ भन्ने नारा लगाउन थाले ।

यो दृश्य देखेर विद्यार्थी मुखामुख गर्न थाले । कतिपय हतास देखिन्थे । कोही अब के हुने हो भन्दै आत्तिए । सभामुख महराले पटक पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे । तर, पतिपक्षी दलको विरोध जारी रह्यो । करिब ४० मिनेट नाराबाजी चल्यो

। अन्ततः सभामुखले बैठक स्तगन गरे । कानुन बनाउने संसद्का गतिविधि देखेर विद्यार्थी निराश बने । केहीले संसद भवनलाई पनि सडकको संज्ञा दिए । नवयुग मावि,नाइटिंगललगायत चार विद्यालयका विद्यार्थी थिए । मंगलबारको अन्नपूर्ण पोस्टबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले