back
CTIZAN AD

कानुन बनाउने ‘संसद्का गतिविधि देखेर विद्यार्थी निराश

वि.सं.२०७६ साउन १४ मंगलवार

888 

shares

१४ साउन,मंगलबार । विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन् तर तिनै विद्यार्थी सोमबार संघीघ संसद्मै आइपुग्दा उत्साहित थिए । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो उनीहरु त्यसअगावै दर्शकदीर्घामा बसिरहेका थिए । उनीहरुको हातमा नोटबुक थियो थियो ।

सदन सुरु भयो । राष्ट्रिय गान बज्यो । सभामुख,मन्त्री र सांसद उठे । दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे । राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर मोहराले बैठकको कारबाही अगाडि बढाउन खोजे । त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जरयाकजुरुक्क उठेर बेल घेराउ गर्न पुगे । उनीहरु ‘संसदीय सर्वाेच्चता कायम गर्, संसदीय समिति गठन गर गर्’ भन्ने नारा लगाउन थाले ।

यो दृश्य देखेर विद्यार्थी मुखामुख गर्न थाले । कतिपय हतास देखिन्थे । कोही अब के हुने हो भन्दै आत्तिए । सभामुख महराले पटक पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे । तर, पतिपक्षी दलको विरोध जारी रह्यो । करिब ४० मिनेट नाराबाजी चल्यो

। अन्ततः सभामुखले बैठक स्तगन गरे । कानुन बनाउने संसद्का गतिविधि देखेर विद्यार्थी निराश बने । केहीले संसद भवनलाई पनि सडकको संज्ञा दिए । नवयुग मावि,नाइटिंगललगायत चार विद्यालयका विद्यार्थी थिए । मंगलबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन १४ मंगलवार ०७:२३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...