back
CTIZAN AD

नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुदै

वि.सं.२०७६ साउन १४ मंगलवार

1K 

shares

१४ साउन, काठमाडौँ । बोम्बो (झाँक्री) संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५ गते सम्मेलन आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ हुने सम्मेलनले विश्वका झाँक्री समुदायलाई एकीकृत गर्ने तथा परम्परागत संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने सम्मेलनको लक्ष्य छ । सम्मेलनमा युरोप र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका बोम्बो झाँक्रीसमेत गरी करीब एक हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

अहिले भारत, भुटान तथा जर्मनीबाट धेरै सङ्ख्यामा झाँक्री अउने निश्चित भइसकेको छ । चीनलगायत अन्य मुलुकसँग पनि सम्पर्क भएको समाजले उल्लेख गरेको छ । समाजका अध्यक्ष महाराज भोम्जनले विश्वका बोम्बोहरुलाई एकताबद्ध गर्दै बोम्बो संस्कार र संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले पहिलो पटक बोम्बो सम्मेलन आयोजना गर्न लागिएको बताए ।

उनले सम्मेलनमार्फत बोम्बो संस्कृति, आदिवासी जनजाति पहिचान मात्रै नभई नेपालकै संस्कृति अभिन्न अङ्गका रुपमा प्रस्तुत गरिने उल्लेख गर्नुभयो । झाँक्रीलाई कुरीती संस्कारका रुपमा हेरिने गरेको र त्यस्तो नकरात्मक धारणालाई सामाजिक रुपमै परिवर्तन गर्न बोम्बो समुदाय एकजुट भएर अघि बढ्ने संस्थाले जनाएको छ ।

यकिन विवरण नभएपनि अहिले नेपालका १५ जिल्लामा बोम्बो समुदाय छन् । हालै स्थापना भएको बोम्बो संस्थामा अहिले १०० भन्दा बढी बोम्बो झाँक्री आबद्ध भइसकेका छन् । बोम्बो संस्कृतिको अनुसन्धान तथा प्रवद्र्धन गरी विश्वलाई सन्देश दिन संस्थाले अयिभान नै सञ्चालन गर्ने संस्थाका महासचिव विष्णुबहादुर तामाङले बताए ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले झाँक्री समुदायको उत्थान, प्रवद्र्धन गरी पर्यटकीय ‘प्रडक्ट’ को रुपमा विकास गरिनुपर्नेमा जोड दिए । दुईदिने सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।

प्राचीनकालदेखि बोनहरुले प्रयोग गर्दै आइरहेका सामग्री ड्याङग्रो, गजा, घण्टी माला, रुद्राक्ष माला, रिठा माला, बुद्धचित्त माला, हर्बोटे माला, बिरु माला, सर्पको हड्डीको माला, डमरु, धुपौरोसमेत प्रदर्शनमा राखिने बताइएको छ । विभिन्न देशका बोम्बो संस्कृतिबारे प्रतिवेदन प्रस्तुत हुनुका साथै बोम्बोसम्बन्धी विज्ञबाट कार्यपत्र प्रस्तुत गरी ‘बोम्बो घोषणा पत्र, नेपाल–२०२०’ सार्वजनिक गरिनेछ । सम्मेलनका लागि अनुमानित रु ३५ लाख खर्च हुने र टानलगायत विभिन्न निकायबाट सहयोग जुटाइने जनाइएको छ ।

नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक प्रमुख पात्रका रुपमा बोम्बोलाई लिने गरिन्छ । समाजमा कूल पूजा गर्नेदेखि झारफुक, औषधि उपचार गर्नेसमेतलाई बोम्बो झाँक्री भन्ने गरिन्छ । उपचारको तन्त्र मन्त्र जानेका यस्ता मानिसलाई बोन र बोम्बो भन्ने गरिन्छ । बोम्बो शब्द प्राचीन तिब्बतको प्रचलित पुरानो ‘प्वोवा’ धर्मको शब्द अपभ्रंश भई ‘पोन्पो’ र ‘बोन्बो’ भएको मानिन्छ । आदिम कालखण्डदेखि नै नेपालमा बोम्बो झाँक्री संस्कृति रहेको विभिन्न मानवशास्त्रीको अध्ययनले देखाएको छ ।
आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उनले गृह मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजे

वि.सं.२०७६ साउन १४ मंगलवार ०८:५९ मा प्रकाशित

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण...