back
CTIZAN AD

शिक्षक लाईसेन्स: सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्न संगालो

वि.सं.२०७६ साउन १४ मंगलवार

2.2K 

shares

१४ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल््याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका समान प्रश्न रहेनछन् ।

यस पत्रमा एकाइ ७ रहेको छ भने प्रत्येक एकाइबाट १ (एउटा ) प्रश्न गरी सात एकाइबाट ७ सात वटा प्रश्न सोधिनेछन् । आज हामीले एउटा एकाइबाट २ दुई\दुई वटा सम्भावित प्रश्न गरेर ७ सात एकाइबाट १४ वटा प्रश्न राखेका छौ ।यस एकाइका अरु महत्वपूर्ण प्रश्नहरु अर्काे दिन लिएर आउने नै छौं ।
अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका महत्वपूर्ण प्रश्नहरुतर्फ


तहः माध्यामिक द्वितीय पत्र :पेसागत ज्ञान

पूर्णाङक : ३५
विषय :सबै समय : १ घण्टा ५ मिनेट

५x ७ =३५

प्रश्न नं १. शिक्षा ऐन, २०२८ बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन,समन्वय र व्यवस्थापन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया सम्बन्धमा गरेको व्यवस्था प्रस्तुत गर्नुहोस् ।

प्रश्न नं २. शिक्षा नियमावली,२०५९(संशोधनसहित) बमोजिम शिक्षकले पाउने बिदाहरु उल्लेख गर्नुहोस्

प्रश्न नं ३. शिक्षकलाई बालबालिका तथा मनोबिज्ञानको भरपर्दाे ज्ञान हुन किन जरुरी छ ? विश्लेषण गर्नुहोस् \अथवा बालमनोविज्ञानको अध्ययनले एउटा असल शिक्षक बन्न कुनकुन कुरामा मद्धल पुराउँछ ? कुनै पाँचवटा बुँदामा उल्लेख गर्नुहोस् ।

प्रश्न नं ४. किशोरावस्थाको परिचय दिई यसका कुनै चारओटा विशेषताहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं ५. सञ्चार र सहकार्यको अर्थ स्पष्ट पार्दै शिक्षक सक्षमता प्रारुप, २०७२ अनुसार प्रभावकारी शिक्षणका लागि एउटा शिक्षकमा के कस्ता सञ्चार तथा सहकार्यसम्बन्धी सक्षमताहरु हुनुपर्ने व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् ।

प्रश्न नं ६. बालबालिकाको सिकाइमा प्रभाव पार्ने व्यक्तिगत तत्वहरुको संक्षेपमा वर्णन गर्नुहोस् ।

प्रश्न नं. ७. सकारात्मक अनुशासन सिकाइ पद्धति ( positive discipline learning system ) को परिचया दिनुभई सिकाइमा सकारात्मक अनुशासनको महत्वबारे संक्षेपमा लेख्नुहोस् ।

प्रश्न नं. ८. सकारात्मक अनुशासन विधिहरु ( Techniques of positive discipline ) के- के हुन् ? कुनै पाँचओटा विधिहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।


प्रश्न नं ९. विद्यार्थाी अभिभावक तथा शिक्षकहरुबीच सञ्चार र सहकार्यको आवश्यकतालाई बुँदागतरुपमा उललेख गर्नुहोस् ।

प्रश्न नं. १०.शिक्षक – विद्यार्थी सम्बन्धले शिषण सिकाइमा ठूलो प्रभाव पार्दछ । ’यस भनाइलाई पुष्टि गर्दै हाल नेपालमा शिक्षक विद्यार्थी सम्बन्धमा देखिएका कुनै चारओटा कमीकमजोरी र त्यसको निराकरणका उपाय लेख्नुहोस् ।

प्रश्न नं. ११. पेशागत अभ्यास भनेको के हो ? एउटा शिक्षकलाई पेशागत अभ्यासको किन आवश्यक पर्छ ? व्याख्या गर्नुहोस् ।

प्रश्न नं. १२. शिक्षक पेशागत विकासको सन्दर्भमा निरन्तर सिकाइ वा शिक्षक तालिमको महत्वलाई कुनै पाँचओटा बुँदामा उललेख गर्नुहोस् ।

प्रश्न नं. १३ नेपालको संविधान, २०७२ बमोजिम संघ,प्रदेश र स्थानीय तहका शिक्षासम्बन्धी अधिकारहरु उल्लेख गर्नुहोस् ।

प्रश्न. नं. १४. वर्तमान नेपालको संविधान, २०७२ मा भएका शिक्षासम्बन्धी नीतिहरु उल्लेख गर्नुहोस् ।

कुनै प्रश्नहरुको समस्या समाधानमा कठिनाई भएमा तलको कमेन्ट बक्समा प्रश्न नम्बर लेख्नसक्नुहुनेछ उक्त प्रश्नहरुको उत्तर समाधानसहित अर्काे दिन प्रश्नोत्तर लिएर आउनेछौं ।

वि.सं.२०७६ साउन १४ मंगलवार १०:१५ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...