Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

अफगानिस्तानमा छ महिनामा तेह्र सय बढी सर्वसाधारण मारिए




१४, साउन, काबुल । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ ।
तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ । राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ ।
यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म चारसय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ । ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २ सय ८६ जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो ।
सन् २०१९ को शुरुको छ महिनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु हुनुका साथै अन्य आठ सय ८० जना घाइते भएका थिए । बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ ।
सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले