
भारतीय अभिनेता तथा गुरदासपुरका सांसद सन्नी देवलले कुवेतमा फसेकी भारतीय महिलाको उद्धार गरेका छन् ।
कुवेतमा फसेकी पंजावकी वीना नामकी महिलालाई भारतीय एम्बेसीको सहयोगमा २५ जुलाईमा भारत फर्काएको बताइएको छ ।
सांसद सन्नी देवलले कुवेतमा फसेकी ती महिलाका परिवारले गरेको अनुरोधपछि उद्धारमा तदारुकता देखाएको बताइएको छ ।
आफ्ना छोराले गरेको उद्धारको कामबाट खुसी हुँदै उनका बुबा धर्मेन्द्र देवलले नोकरी सम्झेर कर्तव्य निभाउ छोरा भन्दै खुसी व्यक्त गरेका छन् ।