Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सरकारलाई गिज्याउँदै गौरवका आयोजना



१५ साउन, काठमाडौँ । सरकारले मुलुकमा सबैभन्दा बढी महत्व दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ । अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन् । सरकारी अधिकारीहरुका अनुसार यी आयोजनामा गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सकेको छैन ।

सरकारले आर्थिक वर्ष २०७५\ ७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर खर्च भने दुई अर्ब ४२ करोड रुपैयाँमात्र गर्न सकेको छ ।

करिब तीन दशकदेखि निर्माणधिन उक्त आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेपछि निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे अझै अन्योल रहेको अधिकारीहरु बताउँछन् । सरकारले चालू आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने दाबी गरेको छ । बुधबारको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम