back
CTIZAN AD

१६ वर्षपछि छोरीको विहे गर्न पाउनुपर्ने माग गर्दै उपमहानगर घेराउ गरे आमाहरुले

वि.सं.२०७६ साउन १५ बुधवार

903 

shares

१५ साउन, काठमाण्डौं । छोरीको बिहे २० वर्षपछि मात्र गर्न पाउने कानुनको विरोध गर्दै बाँकेका मधेसी तथा मुस्लिम महिलाहरु आन्दोलनमा उत्रिएका छन् ।

झण्डै तीनसयको संख्यामा आएका उनीहरुले मंगलबार नेपालगन्ज उपमहानगरपालिका घेराउ गरेका छन् ।

उनीहरुले छोरीको उमेर २० वर्ष पुगेपछि मात्र विहे गर्न पाउने कानुनको विरोध गर्दै छोरीको उमेर १६ वर्ष पुग्दा विहे गरिदिन पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले यो आफ्नो रहर नभएर बाध्यता भएको भन्दै २० वर्ष पुगेपछि मात्र विहे गर्न पाउने कानुन मुस्लिम समुदायविरुद्ध भएको भदै उक्त कानुन परिमार्जन गर्न माग गरेको मंगलबारको नयाँपत्रिकामा बाँकेबाट विश्वराज पछल्डङ्ग्याले लेखेका छन् ।

सोहि आन्दोलनमा सहभागी खजुरा गाउँपलिका ५ रजनवाकी २२ वर्षीया शान्ति यादवले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले आफ्नो समुदायका छोराछोरीको विवाह गर्न समस्या भएको बताईन् । उनका अनुसार उक्त समुदायमा छोरीको उमेर बढी भएपछि केटाहरुले विवाह गर्न मान्दैनन् । उनले अहिलेको कानुनले छोरीको लालनपालनमा समस्या पर्ने बताइन् । उनले राज्यले मुस्लिम समुदायको विद्यमान परम्पराको ख्याल नगरी कानुन ल्याउँदा समस्या परेको बताइन् ।

महिला अधिकारकर्मीहरुको समेत सहभागीता सो समूहले मंगलबार दुईघण्टा सडक अवरुद्ध गर्दै उपमहानर घेराउ गरेका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष कानुन परिमार्जनको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

साथै उनीहरुले राज्यसित मुस्लिम समुदायका महिलाको छोरी बिहे गर्दा अनुदान दिनुपर्ने माग समेत गरेका छन् ।

वि.सं.२०७६ साउन १५ बुधवार ०८:१२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...