back
CTIZAN AD

समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुँदैन: अध्यक्ष यादव

वि.सं.२०७३ मंसिर ६ सोमवार

807 

shares

upendra yadav

६ मङ्सिर,पर्सा। सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम पर्साले आज यहाँ अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन सक्दैन भन्नुभयो ।

केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति, दलित र विभेदमा पारिएका सबैलाई समान अधिकार प्रदान गरे संविधान कार्यान्वयन हुने नेता यादवको दाबी थियो ।

मधेसको मुद्दालाई ओझेलमा पार्न केही दलहरुले अङ्गीकृत नागरिकताबारे भ्रम सिर्जना गरेको अध्यक्ष यादवले बताउनुभयो ।

नेपालमै जन्मिएका व्यक्तिमात्र नेपालको राष्ट्र प्रमुख हुनुपर्ने आफूहरुको मान्यता रहेको प्रस्ट गर्दै नेता यादवले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधानमा उल्लेख भएअनुसारको अधिकार दिनुपर्ने विचार राख्नुभयो ।

अध्यक्ष यादवले सरकारले मधेसी मोर्चासँग कुनै सल्लाह नै नगरी चारबुँदे संशोधन प्रस्तावको हल्ला फिँजाएको आरोप लगाउनुभयो । ‘‘प्रचारमा आएजस्तो चारबुँदे संशोधन प्रस्तावले कुनै समस्या समाधान नगर्ने भएकाले त्यसलाई मोर्चाले स्वीकार गर्दैन’’ उहाँले भन्नुभयो ।

नेता यादवले संसद्, राज्यसभादेखि गाउँपालिकासमेतलाई जनसङ्ख्याका आधारमा टुङ्ग्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । तराई मधेसको भू–भागलाई नछुट्ने गरी राज्य पुनःसंरचना हुनुपर्ने र नेता यादवले पहिचान र सामथ्र्यका आधारमा प्रान्तको सीमा निर्धारण हुनुपर्ने उहाँले धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०८:२७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...