back
CTIZAN AD

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

वि.सं.२०७६ साउन १९ आइतवार

981 

shares

१९ साउन । नेपाली सेनाले विभिन्न पदहरुका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ट्रेडका फ्लोवर्स पदहरुका लागि दरखास्त आव्हान गरेको हो।

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रहेका पदहरु खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् भई तोकिएको केन्द्रमा रु. १० को टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरिएको छ ।

दरखास्त बुझाउने अन्तिम मिति भदौ १६ गतेसम्म रहेको छ । दोब्बर दस्तुरको समय २३ गते रहेको छ ।

वि.सं.२०७६ साउन १९ आइतवार १८:४६ मा प्रकाशित