back
CTIZAN AD

मुख्य मन्त्री बेलायत जानु अघि प्रदेश सरकार मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

वि.सं.२०७६ साउन १९ आइतवार

846 

shares

१९ साउन । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै बैठकले मुख्यमन्त्रीको बेलायत भ्रमण स्वीकृतका लागि सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।

आगामी भदौ ६ र ७ गते तमुधि युकेको आयोजनामा हुने नेपाली मेलामा प्रमुख अतिथि बन्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई निम्तो आएको छ । प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी मुख्यमन्त्री बेलायत जान लागेका हुन् ।

बैठकले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । ससर्त अनुदान र समपूरक अनुदान कार्यविधि परिमार्जत गर्दै प्रदेशले यसअघि ७० प्रतिशत अनुदान दिँदै आएकामा यसलाई घटाएर समपूरक अनुदान ६० प्रतिशत बनाउने र ४० प्रतिशत स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था गरेको पनि प्रवक्ता बस्नेतले जानकारी दिए ।

यस्तै केही प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्ने विधेयक निमार्णका लागि सैद्धान्तिक स्वीकृित दिने, गण्डकी प्रदेशमा ग्रामीण गरिबी न्यूनीकरण गर्न समिति गठन गर्ने र समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहने तथा समिति १५ सदस्यीय रहने निर्णय गरिएको छ । बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको सहकारी नियमावली स्वीकृत गरेको छ ।

वि.सं.२०७६ साउन १९ आइतवार १९:१५ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...