back
CTIZAN AD

करारका कर्मचारीले १० महीनादेखि तलब नपाएको गुनासो

वि.सं.२०७६ साउन २० सोमवार

750 

shares


२० साउन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको पनि महिनौँ भइसक्यो”, विगठित नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने, “हामीले गत कात्तिक महीनादेखि तलब खान पाएका छैनौँ ।”

उनले तलबका लागि प्रमुख जिल्ला अधिकारीदेखि शहरी विकास मन्त्रालयसम्म गुहार माग्दा पनि कुनै पहल नभएको बताए । विसं २०६७ यता गठन भएका नगरविकास समितिका नेतृत्वले बजार र आसपासका क्षेत्रमा भएको जग्गा लिजका नाममा प्रक्रिया नपु¥याई वितरण गरेको र व्यापक अनियमितता भएको गुनासो आएकाले शहरी विकास मन्त्रालयले पाँच वर्षअघि सो समितिको कामकाज रोक्का गरेको थियो ।

गत पुसमा मन्त्रिपरिषद्बाट उक्त समितिको अध्यक्षतामा स्थानीय तहका प्रमुख भीमदत्तनगरपालिकाका प्रमुख र सदस्य–सचिवमा कार्यकारी अधिकृत रहनुपर्ने व्यवस्था गरी गत फागुन २९ गते राजपत्रमा सूचना प्रकाशन गरेको सूचना अधिकृत भट्टले बताए । “राजपत्रमा सूचना प्रकाशित भइसक्दा पनि नगरपालिकाले विगठित नगरविकास समितिलाई लिने विषयमा कुनै पहल गरेको छैन”, भट्टले भने, “स्थानीय तहमा पनि हस्तान्तरण भएको भए हामीलाई पनि कामकाज गर्न सहज हुने थियो । (रासस)

 

वि.सं.२०७६ साउन २० सोमवार १७:३८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...