२३ साउन, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तलब, भत्ता, कार्यालय सञ्चालनलगायतका प्रशासनिक शीर्षकमा अत्याधिक रकम खर्च गर्दै आएको पाइएको छ । उसले कार्यक्रम सञ्चालनका नाममा मात्रै २ अर्ब २८ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।
सीटीईभीटीले पछिल्लो तीन वर्षमा कार्यक्रम सञ्चालनका लागि ५ अर्ब २९ करोड १८ लाख ६२ हजार हजार रुपैयाँ लगानी गरेकोमा प्रशासनिकतर्फ मात्रै १ अर्ब ४८ करोड ३७ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । यसरी हेर्दा प्रशासनिक कार्यमा २८ दशमलव शून्य ४ प्रतिशत खर्च भएको देखिन्छ ।
कुल लगानी भएको रकममध्ये पुँजीगत कार्यमा २८ दशमलव ८५ प्रतिशत, कार्यक्रम सञ्चालनमा ४३ दशमलव ११ प्रतिशत खर्च गरेको पाइएको छ । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २३ बिहीवार ०७:३१ मा प्रकाशित






























