back
CTIZAN AD

एसिड आक्रमणपीडित सङ्गीताको सल्यक्रियाको लागि ‘एकता’ पत्रिका द्वारा सहयोग

वि.सं.२०७६ साउन २३ बिहीवार

1.1K 

shares


२३ साउन काठमाडौँ । एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थालेका छन् । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकी थिइन्। सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्वारा प्रकाशित तथा सम्पादित ‘साहसी महिला’ द्वैवार्षिक पत्रिका बिक्रीको रकम पीडित मगरको अनुहार शल्यक्रियाका लागि सङ्कलन गरेका हुन् ।

उनले भने, “समाजमा महिलामाथि विभिन्न खालका हिंसा भएका छन् । यो डरलाग्दो घटना हो । हिंसा न्यूनीकरणको अभियानसँगै पीडितको गुमेको आत्मविश्वास र हराएको सुन्दरता फर्काउन पहल थाल्नुपर्छ ।” ‘ज्ञान लिऊँ मद्दत दिऊँ’ भन्ने आह्वानका साथ उक्त पत्रिका किनेर सहयोग गर्न पनि उनले आग्रह गरे। सो पत्रिका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को वार्षिक साधारणसभामा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लोकार्पण गर्दै एसिड आक्रमण अपराधको चरमरुप भएकाले यस्ता सामाजिक अपराध न्यूनीकरणको पहलमा सबै जुट्नुपर्ने धारणा व्यक्त गरे।

पवित्र सोचले काम गरे सबैको साथ र सहयोग पाइन्छ भन्दै उनले महिलाका कति कुराहरु लिपिबद्ध हुन नसक्दा कतिपय महिलाको इतिहास नै मेटिएकाले विभिन्न क्षेत्रका महिलाको योगदानलाई पुस्तक तथा यस्तै पत्रपत्रिकामा लिपिबद्ध गर्न जरुरी रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कानून बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने भन्दै सचेत र बौद्धिकजगत्बाट समतामूलक सामाजिक न्यायका लागि आवाज बुलन्द गर्नुपर्ने बताए ।

साठी पृष्ठको पत्रिकामा विभिन्न क्षेत्रमा कार्यरत महिलाको सङ्घर्ष एवं प्रेरणाका कथा समेटिएको छ । रु १०० मूल्य रहेको उक्त पत्रिकाको ९० थान बिक्रीबाट नौ हजार सङ्कलन हुनाका साथै सम्पादक गुरुङले आफ्नो जन्मदिनको अवसरमा रु २१ हजार थपेर पहिलो चरणमा ३० हजार सङ्गीता प्रतिष्ठानलाई प्रदान गरिने बताए । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १३:३२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...