back

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पक्राउ

वि.सं.२०७६ साउन २३ बिहीवार

699 

shares

२३ साउन, काठमाडौं । उदयपुर, मोरङ र झापाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका – ६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित त्रियुगा नगरपालिका ६ जलजले बस्ने मनोज चौधरी र सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाटगाईघाटतर्फ जाँदै गरेको स.९ प ८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका– ८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका- ९ बस्ने गोविन्द प्रसाद भण्डारी र रतुवामाई नगरपालिका- ५ घोपाबाधटोल बस्ने दिपक पौडेललाई नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स डिसी ५ बोतल र पौरुष जीवन ८४ क्याप्सुल भएको ८ प्याकेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले को ५ प १५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैबीच झापा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिली ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभा खादबारीनगरपालिका ३ बस्ने बिक्रम राई, झापा बिर्तामोड नगरपालिका – २ बस्ने तुम्बा भन्ने निर्मल चौधरी र झापा बिर्तामोड नगरपालिका -४ बस्ने कल्याण क्षेत्री रहेका छन् ।

राईको साथबाट १ सय २५ मिली ग्राम, चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्रामउक्त पदार्थ प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताइएको छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार १३:३२ मा प्रकाशित

Himalayan Life AD
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

चन्द्रकला भण्डारी,झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको...

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय...

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार...

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा...