back
CTIZAN AD

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

वि.सं.२०७६ साउन २३ बिहीवार

930 

shares

२३ साउन,काठमाडौं । सुनसरी, म्याग्दी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सुनसरी, ईनरुवा नगरपालिका – ४ स्थित सडकमा युपि ४१ जे ८२३४ नम्बरको ट्रकले को १९ प १७३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईनरुवानगरपालिका १ बस्ने राम शर्माको उपचारको लागि जिल्ला अस्पताल इनरुवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ईनरुवानगरपालिका- ९ बस्ने मदन मेहत्तालाई उपचारको लागि गोल्डेन अस्पतालबिराटनगरतर्फ लगिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै म्याग्दी, बेनीनगरपालिका- ३ हल्लेगैडास्थित सडकमा बाटभकिम्लीतर्फजाँदैगरेकोग.१ज ७०५६ नम्बरको जिप सडकबाट अन्दजी ३५ मिटरतलखसेर बुधबार दिउँसो दुर्घटनाहुँदा जिपमा सवार बेनीनगरपालिका – ३ मुसुङबस्ने रत्नबहादुर खत्रीको बेनीअस्पतालम्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जिप चालक समेत अन्य १३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कञ्चनपुर, लालझडी गाउँपालिका– ६ मा म.२ प ३३८ नम्बरको मोटरसाइकलको राँगा डल्लबमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका ३ बस्ने डम्बर सिंह खत्रीको थप उपचारको लागि भारततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । डल्लब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाकासम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार १३:५० मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...