back
CTIZAN AD

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

वि.सं.२०७६ साउन २५ शनिवार

660 

shares

२५ साउन, याङ्गुन । अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो ।

“आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई शनिबार बताए ।

लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो । पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ ।

स्थानीय समय अनुसार शुक्रबार विहान ७ बजेतिर पहिरो भएको थियो । पहिरो लगत्तै स्थानीय बासिन्दा र अन्य क्षेत्रबाट आएका उद्धारकर्मीहरुले खोजी तथा उद्धार कार्य गरिरहेका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढीले पाउङसँगै मावलाम्यीने, मुडोन, थान्ब्युजायात, क्यैकमाराव, ये लगायतका ठाउँमा बढी असर परेको छ । ती क्षेत्रका कतिपय विद्यालयहरु केही दिनलाई बन्द गरिएको छ ।

देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दशौँ हजार आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ ।

पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाए प्यार कोने गाउँको १६ ओटा घर बगाएको अधिकारीहरुले जनाएका छन् । सिन्हवा

वि.सं.२०७६ साउन २५ शनिवार १३:४९ मा प्रकाशित

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...