back
CTIZAN AD

लुम्बिनी होटल संघ नेपालको प्रथम साधारणसभा सम्पन्न

वि.सं.२०७६ साउन २६ आइतवार

792 

shares

२६ साउन, लुम्बिनी । लुम्बिनी होटल संघ नेपालको प्रथम साधारणसभा सम्पन्न भव्यरुपमा सम्पन्न भएको छ ।

साउन २५ गते सम्पन्न साधारणसभाले मिथुनमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ ।

उक्त तेह्र सदस्यीय पूर्ण कार्यसमीतिको उपाध्यक्षमा गोबिन्द ज्ञवाली, महासचिवमा लिलामणी शर्मा, सचिबमा पुरुषोत्तम अर्याल, कोषाध्यक्षमा भुपेन्द्र गुरुङ, निर्बिरोध निर्बाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा किरण कंडेल, शेखर कार्की, घनश्याम यादब, धिरज गुप्ता, शंकर प्रसाद माल्लाहा, दिपक न्यौपाने,पिन्टु बानिया, पुष्पाखर न्यौपाने, घनश्याम गुप्ता र कृष्णप्रसाद न्यौपाने निर्बाचित भएका छन् ।

त्यस्तै उक्त भेलाबाट समितिको बरिष्ठ सल्लाकारमा हेम बहादुर बिष्ट, कानुनी सल्लाकारमा प्रख्यात बन्जाडे तथा सल्लाकारमा राजेन्द्र शाक्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मिथुनमान श्रेष्ले आफू लुम्बिनीको माटोमै जन्मएको र लुम्बिनीमै पेशा ब्यबसाय गर्दै आएको तथा लुम्बिनीको हितका निम्ति, लुम्बिनीको बिकासका निम्ति, आहा लुम्बिनी, ओहो लुम्बिनी बनाउनका लागि विभिन्न निकायहरुसँग सहकार्य गरेर लागिपर्ने बताए ।
महासचिब लिलामणी शर्माले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा राज्यले स्थानिय जनसमुदायलाई जागरुप बनाएर अगाडि ल्याउनुपर्ने बताए ।

अतिथिद्धय प्रदेश ५ का उपसभामुख कृष्णी कुमारी चौधरी र सांसद फक्रुदिन खाँनले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै राज्यको तर्फबाट आफूहरु जनप्रतिनिधिको हैसियतले लुम्बिनीका स्थानियसँग सहकार्य समन्वय गरेर अगाडि बढ्ने बताए । विभिन्न भाईचार संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

वि.सं.२०७६ साउन २६ आइतवार ११:०८ मा प्रकाशित

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर (दाङ) । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको...

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष...

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । जिल्लाको तुलसीपुरमा नेकपा ( एमाले) को झण्डा जलाएको...