२७ साउन, काठमाडौँ । सन्राइज बैकले तम्घास, कुश्मा र सानागाउँमा एकैदिनमा २ शाखा र १ एक्सटेन्सन काउण्टर विस्तार गरेको छ ।
बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले तम्घासमा ११८ औं शाखा , कुश्मामा ११९ औं र सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
आइतबार आयोजित कार्यक्रममा पर्वत कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्यक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका कार्यकारी अधिकृत पौड्यालले ११९ औं शाखाको संयुक्त रुपमा ए.टि.एम् को पनि उद्घाटन गरे ।

यसैबीच गुल्मीको तम्घासमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्ली राज भुषाल र धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले ११८ औं शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
आइतबार नै ललितपुर नगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो सँगै सन्राइज बैंकको ११९ शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १३७ वटा ए.टि.एम मार्फत हाफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।
वि.सं.२०७६ साउन २७ सोमवार १०:१० मा प्रकाशित






























