back
CTIZAN AD

ह्वात्तै वढ्यो कांग्रेसभित्र चौंधौ महाधिबेशनको फिभर

वि.सं.२०७६ साउन २७ सोमवार

804 

shares

पार्टी संस्थापनपक्ष केहि ठोस अवस्थामा रहेपनि गैरसंस्थापनको तरल स्वभावले काङग्रेस भीत्र पाक्ने खिचडीको स्वाद प्रत्येक दिन फेरीएको पाइन्छ । खासगरी पूर्व महामन्त्री तथा तेह्रौँ महाधिवेशनमा सभापतिका दाबेदार कृृष्णप्रसाद सिटौलाको तरल स्वभावले काङग्रेस भीत्र गुटहरु भत्किने र बन्ने क्रम चलीरहेको छ ।

२७ साउन, काठमाडौँ । मुख्य विपक्षी दल नेपाली काङग्रेस भीत्र चौधौँ महाधिवेशनको फिभर ह्वात्तै बढेको छ । आइतवार बसेको केन्द्रिय समिती वैठकले सहमतिमै नयाँ संरचनाको पदपूर्ति गर्ने भने पनि ति संरचनाहरुमा कसले पकड जमाउने भन्ने विषय पेचीलो वन्दै गएको छ ।

आगामी पुषबाट मात्रै महाधिवेसनको तयारी गर्ने भनिए पनि नयाँ संरचनाको पदपूर्तिलाई पार्टीका नेताहरुले महाधिवेसनको तयारीका रूपमा लिएको बुझिएको छ । भदौ २० भित्रै सहमतिका आधारमा अन्तरीम संरचना बनाइसक्ने पार्टीको निर्णय रहेको छ ।

पार्टी संस्थापनपक्ष केहि ठोस अवस्थामा रहेपनि गैरसंस्थापनको तरल स्वभावले काङग्रेस भीत्र पाक्ने खिचडीको स्वाद प्रत्येक दिन फेरीएको पाइन्छ । खासगरी पूर्व महामन्त्री तथा तेह्रौँ महाधिवेशनमा सभापतिका दाबेदार कृृष्णप्रसाद सिटौलाको तरल स्वभावले काङग्रेस भीत्र गुटहरु भत्किने र बन्ने क्रम चलीरहेको छ ।

संस्थापन भीत्र उपसभापतीद्वय विजयकुमार गच्छादार र विमलेन्द्र निधीले आफ्नो वर्चस्व कायम गर्न दौड सुरु गरेपनि अन्य नेताहरू सभापती शेरवहादुर देउवासँगै गोलबद्ध रहेको पाइन्छ । तर गैरसंस्थापनमा वरीष्ठ नेता रामचन्द्र पौडेल, मृहामन्त्री डा ससाङक कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंहले नेतृत्वका लागी दावी गर्ने सम्भावना वढेको छ ।

नयाँ कसरतमा डा.कोइराला
भारतमा गान्धी नेहरु परीवारले भारतीय काङ्ग्रेसको डुङ्गापार लगाउन नसकेको अवस्थामा नेपालमा कोइराला परीवारका सदस्यहरुले नेपाली काङ्ग्रेस हाँक्ने तयारी सुरु गरेका छन् ।

डा ससाङ्कको नेतृत्वमा डा.शेखर र सुजाता कोइरालाले काङ्ग्रेस भित्रका प्रभाव समूहलाई आफ्नो पक्षमा पार्ने तयारी सुरु गरेका छन् । पुर्वमहामन्त्री स्व. खुुमवहादुर खड्का समर्थकहरूलाई आफ्नो प्रभावमा पनि कोइराला समूहले सुरु गरीसकेको छ । सांसद पुष्पा भुसाल, पुर्वमन्त्री शंकर भण्डारी सहितका नेताहरूसँग कोइराला समूह सघन वार्तामा रहेको वताइएको छ ।

यसैगरी कोइराला समूहले सिटौलालाई राजकीय पदमा समर्थन गर्नेगरी पार्टीमा सभापतीका लागी सहयोग गर्न अनुरोध गरेको निकट स्रोतहरुले बताएका छन् । सीटौलाले कोइरालाहरूको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताइएको छ ।

उपसभापती गच्छादारसँग पनि कोइराला समूहले वार्ता चलाइरहेको बुझिएको छ । गच्छादारले अहिले सम्म कुनै प्रतिक्रिया नजनाएको वताइएको छ ।

जता ढल्को उतै मल्को
पार्टीभीत्र एउटा सधैँ चलायमान समूह छ । अर्जुननरसिंह केसी डा. मीनेन्द रीजाल, डा.नारायण खड्का, अजय चौरसीया, मोहनवहादुर वस्नेत लगायतका नेताहरुको आफ्नो स्थाइगुट छैन । यो समूहको समर्थन जहिले पनि शक्तिशाली समूहलाई हुने गरेको छ । यो समुह सँगपनि कोइराला समुह अट्याचमा रहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १४:१६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...