back
CTIZAN AD

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ३ को मृत्यु

वि.सं.२०७६ साउन २७ सोमवार

855 

shares

२७ साउन,काठमाडौं । सप्तरी ,बारा, र मोरङमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।

सप्तरी, खड्क नगरपालिका- ७ कल्याणपुर बस्ने रुपनी गाउँपालिका ६ बीरेन्द्रबजार घर भएका राम दुलारी आले मगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

पानी तान्ने मोटर चलाउने क्रममा केरेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका -७ मदरसा टोल बस्ने नुर महमद देवानको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै मोरङ, ग्रामथान गाउँपालिका -७ नेताचौक बस्ने ३५ वर्षीय उमालाल पाचकोटीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १४:१७ मा प्रकाशित

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...