back
CTIZAN AD

ओरालो लागेको शेयर बजारमा, झिनो अङ्कले सुधार आयो

वि.सं.२०७६ साउन २७ सोमवार

801 

shares


२७ साउन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०।५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ५९ लाख तीन हजार ४०० मूल्य बराबरको शेयर खरीद–बिक्री भए । यस्तै साञ्जेन जलविद्युत् कम्पनी रु एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभुु बैंक रु एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रु एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९.८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.७३, जोशी हाइड्रोपावर ७.३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, विशाल बजार कम्पनी ५.२६, एनआइबिएल प्रगति फण्ड ४.७२, एनआइबिएल समृद्धि फण्ड एक ३.९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३.३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३२ प्रतिशतले गुमाएका छन् । (रासस)

वि.सं.२०७६ साउन २७ सोमवार १६:२२ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...