back
CTIZAN AD

प्रवासी नेपाली मंच डेनमार्कको संयोजकमा गौतम र सहसंयोजकमा पौडेल

वि.सं.२०७६ साउन २७ सोमवार

684 

shares

कोपनहेगन, डेनमार्क । प्रवासी नेपाली एकता मंच डेनमार्कको संयोजकमा उदय गौतम चयन भएका छन् ।

प्रवासी नेपाली एकता मन्च डेनमार्कले सहमतिमा आफ्नो नेतृत्व घोषणा गर्दै नेतृत्व चयनको लागि केन्द्रमा सिफारिस पठाएपनि लामो समयसम्म निर्णय नआएपछि एक भेलाको आयोजना गरेर प्रवासी नेपाली एकता मन्च डेनमार्कको संयोजकमा उदयराज गौतमलाई चयन गरेको जनाएको छ ।

पूर्व प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशील मंच डेनमार्कको आइतबार कोपनहेगनमा आयोजित संयुक्त कार्यकर्ता भेलाले गौतमलाई संयोजक र कृष्ण पौडेललाई सहसंयोजकमा चयन गरेको बताइएको छ ।

उक्त निर्णय अनुसार अर्को व्यवस्था नहुन्जेलसम्म संगठनको सम्पर्क, समन्वय, संयोजन तथा नेतृत्व प्रदान गर्नको निम्ति सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको पनि मन्चले जनाएको छ ।
तत्कालिन नेपाली जनप्रगतिशील मंच डेनमार्कका सस्थापक अध्यक्ष समेत रहेका संयोजक गौतमले सबैले विश्वास गरेर जिम्मेवारी दिएकोले सबैको साथ सहयोग लिएर संगठनलाई अगाडी बढाउने बताउँदै भने, ‘संस्था एकिकरण भए पनि नेतृत्वको टुङ्गो लाग्न धेरै समय लाग्दा केही असहजता थियो, अब मिलाएर अगाडी बढिने छ ।’

त्यस्तै सहसंयोजक पौडेल प्रवासी नेपाली मंच डेनमार्कका पूर्व अध्यक्ष हुन् । सहसंयोजक पौडेलले संस्थाका सबै साथीहरुलाई विश्वासमा लिएर सस्थालाई सक्रिय बनाउँदै अगाडि बढाउने बताएका छन् ।

वि.सं.२०७६ साउन २७ सोमवार १६:२२ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...