back
CTIZAN AD

कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्रिन आदेश

वि.सं.२०७६ साउन २९ बुधवार

831 

shares

२९ साउन, सुर्खेत । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिन भित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ ।

उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाबाट सोमबार यस्तो आदेश भएको हो ।

कृषि विकास बैंक, रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । खत्रीसँगै अदालतले राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश दिएको छ ।

खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको कुषि विकास बैंक भोजपुरबाट जारी किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतको ठहर छ ।

खत्री, श्रेष्ठसहित छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाइएको थियो । उच्च अदालतको आदेशमा खत्री र श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ साउन २९ बुधवार ०७:२९ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...