back
CTIZAN AD

सिटिजन्सबैंकद्वारा भि एस निकेतन स्कूलमा ए.टि.एम सञ्चालन

वि.सं.२०७६ साउन २९ बुधवार

768 

shares

२९ साउन, काठामडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौँको मीनभवनस्थित भि एस निकेतन स्कुलमा एटिएम सेवा सञ्चालन गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा बैंकका कार्यकारी अधिकृत गणेश राज पोखरेल र भि एस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।

”योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी २०६४ सालमा स्थापना गरी बैंकिङ सेवा दिँदै आएको बैंकले आर्थिक वर्ष ७५\७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन तथा ६२ अर्ब ९० करोड रूपैयाँ ऋण प्रवाह गरी दुई अर्ब ८१ करोड ६४ लाख रूपैयाँ ब्याज आम्दानी गरेको बैंकले बताएको छ ।

बैंकले हाल ८१ वटा शाखा ७८ वटा ए.टि.एम र १०० वटा शाखाहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यसका साथैे ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु अनलाइन सुविधा, रेमिट्यान्स् सेवा, बैंक इन्सुरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा , साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आइरहेको पनि प्रेस विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ साउन २९ बुधवार ११:२६ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...