back
CTIZAN AD

सङ्घीयतामा हुलाकको संरचना कस्तो तयार बनाउने ?

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.4K 

shares

काठमाडौँ, ७ काठमाडौँ । सङ्घीय संरचनामा हुलाकको संरचना कस्तो हुने भन्ने विषयमा अध्ययन गरी खाका तयार गर्न हुलाक सेवा विभागले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

विभागका महानिर्देशक सुरेश अधिकारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सात दिनभित्र स्थानीय तहसम्म रहेको हुलाकको सङ्घीय संरचनाको स्वरुपबारे प्रतिवेदन तयार गरी सूचना तथा सञ्चार मन्त्रालयमा बुझाउने विभागका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो ।

उहाँले देश सङ्घीय संरचनामा गएपछि पुरानै ढङ्गबाट सञ्चालित हुलाक सेवालाई आधुनिक प्रविधिसँग समन्वय गराई कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि कार्यदलले छलफल गर्नेछ । उहाँले भन्नुभयो, “हुलाको ठूलो संरचना छ । जुन तल्लो निकायसम्म रहेको छ । विभागअन्तर्गत पाँच कार्यलय छन् । सङ्घीय संरचनामा ती कार्यलयलाई आपसमा गाभेर कसरी कार्यसम्पादन गर्ने भन्ने विषय पनि कार्यदलले काम गर्छ ।”

विभागअन्तर्गत अहिले गोस्वारा हुलाक, केन्द्रीय धनादेश कार्यालय, फिलाटेलिक ब्युरो, हुलाक परीक्षण केन्द्र र केन्द्रीय टिकट भण्डारले कार्य गरिरहेका छन् । हाल देशभर इलाका हुलाक र अतिरिक्त हुलाक गरी ८५० कार्यालय सञ्चालित छन् । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:२९ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...