३० साउन, काठमाण्डौं । भारत र वेस्टइंडीज बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतले जित निकाल्न सफल भएको छ् । गएराति भएको खेलमा वेस्टइंडीजले पहिलो टस जितेर व्याटिङ्ग रोजेको थियो । वेस्टइंडीजका लागि ओपनिङ्गमा क्रिस गेल र इभिल लुइस आएका थिए । दुबै व्याटसम्यानले विस्फोटक व्याटिङ्ग गर्दै वेस्टइंडीजलाई १० ओभरमै ११४ रनमा पुराएका थिए ।
११ ओभरको पाँचै बलमा भारतका लागि पहिलो विकेट चाहलले दिलाए । चाहलले ÷इभन लुइसलाई ४३ रनमा आउट बनाएका थिए । वेस्टइंडीजका लागि दोस्रो झड्का क्रिस गेलको विकेट झरेपछि लाग्यो । गेलले ४१ बल खेल्दै ७१ रन बनाएका थिए । खेलको बिचमा बर्षा भएपछि खेललाई ३५ ओेभरमा घटाइएको थियो । वेस्टइंडीजले पूरै ३५ ओभर खेल्दै २४० रन बनाएको थियो ।
दोस्रो इनिगंमा भारतका लागि ओपनिङ्ग आएका रोहित शर्मा १० रनमा रनआउट भएका थिए । त्यसपछि भारतका कप्तान बिराट कोहली र शिखर धवनले साझेदारी निभाए । तर, शिखर धवन पनि ३६ रनमै आउट भए । त्यसपछि आएका व्याटस्म्यान रिसभ पन्त पनि पहिलो बलमै आउट भए । त्यस पछि श्रेयस अएर र विराट कोहलीले उत्कृष्ट व्यािटङ गर्दै भारतलाई जित दिलाए ।
यसक्रममा विराट कोहलीले आफ्नो करियरको ४३ औँ सतक बनाए । उनले ९९ बल खेल्दै ११४ रन बनाएका थिए । त्यसैगरी श्रेयस अएरले पनि यो श्रृंखलाको दोस्रो अर्धसतक लगाए । उनले ४१ बल खेल्दै ६५ रन बनाए । उनी केमार रोचको सिकार भएका थिए । वेस्टइंडीजले दिएको २४१ रनको लक्ष्य भारतले ३२.३ ओभरमै पूरा गर्याे । अब भारत र वेस्टइंडीज बीच पहिलो टेस्ट द्दद्द ब्गनगकत टेस्ट द्दट बगनगकत सम्म हुने छ ।
वि.सं.२०७६ साउन ३० बिहीवार १५:०९ मा प्रकाशित


























