back
CTIZAN AD

साँस्कृतिक पुर्नजागरणबिना जस्तै राज्य संयन्त्र पनि निस्फल हुन्छ

वि.सं.२०७६ भदौ १ आइतवार

618 

shares

खराब तत्व एकिकृत र असल तत्व विखंडित हुँदा सम्म असल मान्छेले प्रभाव देखाउन सक्दैन । गसीप सुन्ने लत परेपछि असल कमरा सुन्नुपर्दा हाई आउछ । आलोचना गरे बिरोध, प्रशंसा गरे चाकडी बुझ्ने समाज बनेको छ । आफूले गरेको राम्राराम्रा कामको चर्चा गर्यो आत्मप्रशंसा गरेको हुने, त्यो नभन्दा सूचना लुकाउने आरोप लाग्छ । अरू कसैको राम्रो कामको भित्ता नदेख्ने तर त्यहाँको छिद्र सजिलै देख्ने रोग छ । नियम कानुन बाधक भएर काम हुन सकेन भन्दा पर्फर्मेन्स हैन कानुनची कर्मचारीतन्त्रको आरोप लागेर धारेहात खप्नुपर्ने, काईते ठहरिने, हुने, अलिअलि नियमलाई मिच्दै वा धकेल्दै कार्यसम्पादन गरी जनतालाई सेवा पुर्याउन खोज्दा नियम मिच्यो भन्दै रडाको मचाउने मिडियाको बोलबाला हुन्छ । सबैलाई चोरफटाहा देखाउन नै अधिकाँश मिडियाको प्रयोग हुने गर्छ । यस्तो समाजमा ईन्द्रको बाउ चन्द्र आए पनि पुच्छर लकाएर भाग्नुको बिकल्प हुदैन ।

विडम्बना, गरिब देशमा कर जति बढाईन्छ आर्थिक विकास त्यति तल गिर्दै जान्छ । किनभने चालू खर्चका लागि मात्र नेपालमा कर महसुल र शुल्क बढाईदै लगिएको छ । यसले सामान्य जनतामा असन्तोष तथा र झन्झटको महसुस हुने र ठूला करदातामा अधिकारीलाई किनेर कर छल्ने वा पदाधिकारीलाई घूस चन्दा दिएर मिनाहा गराउने वा न्यायिक संस्थालाई किनेरै पुँजि पलायन गराउने हुन्छ । कर प्रशासन र कर राजश्वको प्रत्यक्ष लाभ दिन सकिने मुलुकको पारदर्शी नीति र हिसाब किताव जनताले नपाउदासम्म जनतामा कर तिर्नु वाहियात हो, यो नेताहरूको मोजमस्तिका लागि तिर्नुपरेको हो भन्नेकुरामा द्वीविधा देखिदैन ।

पुंजी आकर्षित गर्न र लगानी गरेर फाईदा लिनु छ भने सकेसम्म करछुट नीति नै फलदायी हुन्छ ।

कर प्रशासन खर्च र कर राजश्व उठानको तुलनात्मक लाभ मिलेन भने कर भन्दा प्रशासनिक खर्च बढ्ने, यसबाट झन् ठेकेदारी प्रथामा विकार आउने, जताततै निगरानी प्रकृया वा प्रणाली फेल हुदा आर्थिक अराजकता आउने, देखादेखी कानुन मिचेको, पैसा लुटेको देखिने र फलत ः मुलुक भ्रष्टहरूको गणराज्य हुदै गएको प्रमाणित हुदै जानेछ ।

कर, महसुल र शुल्क जति थोरै भए पनि यसको प्रशासनमा हुने अनियन्त्रित विकृतिले समाज विषाक्त पारेर राजनीतिक अस्थीरता र आन्दोलनको आगोमा घिउ थपिरहन सक्छ ।
सकेसम्म कर कम लगाउनु र आम्दानीमा मात्र कर लगाउने सन्यन्त्रमा जानुपर्छ । शुल्क सकेसम्म लगाउनै हुदैन, महसुल लगाउन सकिन्छ । तर कर लगाउदा पूर्ण जवाफदेही प्रणाली स्थापित भएको हुनुपर्छ । थप करको लाभ प्रत्यक्ष थप लाभ जनताले पाएको महसुस भएकै हुनुपर्छ । मोजमस्तिका निम्ति पैसा उठाउन कर लगाईनु खतरनाक हो, जनताले आजसम्म यसरी नै बुझ्दै आएका छन् किनभने नेपालको कूल राजश्वले चालू खर्च पनि धानिरहेको छैन । विकास खर्च विदेशीको भरमा जोहो हुने हुन्छ र करिब तीनचौथाई बजेट चालू प्रशासन संचालनमा नै खर्च हुनेगर्छ ।

अहिलेका विभिन्न तहका सरकारका पदाधिकारीहरूको बेउकुफी देख्दा विश्वास गर्न बाध्य हुनुपर्छ । मूल्य, मान्यता, संस्कार, संस्कृति, ईतिहासको गौरव, भाषा, परम्परा, धर्म अध्यात्मपक्षमा च्यूत भएको मुलुकलाई जस्तो राज्य संरचना भए पनि राज्य चलाउन र जनसेवा गर्ने क्षमता तिनको गोत्रमा नहुने रहेछ । अव नेताहरूमा नै सास्कृतिक जागरण ल्याउनुपर्ने बेला भएको देखिन्छ। जनतामा जागरण त छ , तर तिनलाई सही राजनीति र लोकतन्त्रमा मतलब रहेनछ । मत भनेको दान दिने हो र अपेक्षा राखेर दान गर्दा फलप्राप्ति हुदैन, जनताले मत हाल्दा यसरी सोच्ने गरेका छन् । यसरी राजनीति चलिरहनु दु ःखद छ । आफैले मत हालेर जिताएको जनप्रतिका सरकारहरूलाई माया र संरक्षण गर्न पनि तिनलाई कुनै मतलब हुने गर्दैन ।

संस्कार, संस्कृति, भाषा, धर्म, अध्यात्म, मुल्य मान्यता, परम्परामा च्यूतहरूबाट अपेक्षा गर्नु पनि बेउकूफी पनि हो । यसको समाधान पुनर्जागरण हो, खासगरी स्वतन्त्र विचार र भावनाका नवयुवावर्गमा ! नवयुवामा राष्ट्रधर्मको अर्थ बुझाउन जरूरी छ, सत्ताको फरिया समात्ने भिरंगी रोगबाट युवावर्गलाई मुक्त पार्नुपर्छ ।

लेखक उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ भदौ १ आइतवार ०८:१७ मा प्रकाशित

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

मध्यपूर्वमा पछिल्ला वर्षहरूमा बढ्दो सैन्य तनावले विश्व राजनीतिलाई नयाँ मोडमा...

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...