back
CTIZAN AD

बढ्दै गएको सुनको मूल्यमा आज थोरै गिरावट

वि.सं.२०७६ भदौ १ आइतवार

795 

shares


१ भाद्र, काठमाडौँ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ । (रासस)

वि.सं.२०७६ भदौ १ आइतवार १४:३८ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...