back
CTIZAN AD

पत्रकार पुडासैनीको परिवारले दियो उजुरी, यस विषयमा के भन्छन् त प्रहरी ?

वि.सं.२०७६ भदौ १ आइतवार

945 

shares

१ भाद्र, काठमाण्डौं । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ ।

पुडाशैनीका परिवारले काठमाण्डौं प्रहरी परिसर टेकुमार्फत् टेलिभिजन कार्यक्रम (सिधा कुरा जनतासँग) का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र प्रेमिका भनिएकी अस्मिता कार्की विरुद्ध उजुरी दिएको टेकु प्रहरीले जनाएको छ ।

आइतबार दिउसो पुडासैनीका परिवारले दिएको उक्त किटानी जाहेरी चितवन पठाइने टेकु प्रहरीले जनाएको छ ।

२०७५ भदौमा जारी मुलुकी अपराध संहिताले आफूलाई पायक पर्ने जुनसुकै ठाउँबाट पीडित तथा पीडितका परिवारले किटानी जाहेरी दिन सक्ने व्यवस्था अनुसार पुडासैनीको परिवारले काठमाण्डौंबाट किटानी जाहेरी दिइएको बताइएको छ ।

साउन २२ गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका नुवाकोट कुमरीका पत्रकार शालिक राम पुडासैनीले आत्महत्या गर्नुपूर्व आफू बाध्य भएर मर्नु परेको भन्दै रेर्कड गराएको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको बताएका थिए ।


अनुसन्धानमा प्रभाव पर्ने दावी गर्दै चितवन प्रहरी र काठमाण्डौं प्रहरीले गत विहिबार (साउन ३०) गते लामिछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगेको थियो ।

वि.सं.२०७६ भदौ १ आइतवार १८:४१ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...