back
CTIZAN AD

आजको सेयर बजार ओरालो तर्फ

वि.सं.२०७६ भदौ ३ मंगलवार

777 

shares


३ भाद्र, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३. ६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने शेयर घटेको छ । व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बीमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बीमा ५६.१६ बिन्दुले घटेको छ ।

कारोवार आधारमा आज होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड ३५ लाख ८४ हजार ८९५ बराबरको शेयर कारोवार भएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ६५ लाख ६० हजार २८०, एनआइसिएसिया बैंक रु एक करोड ३२ लाख ९७ हजार १७१, नेपाल बैंक लिमिटेड रु एक करोड ३४ लाख एक हजार ४८०, नबिल बैंक रु ९७ लाख ४१ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार लिमिटेड रहेको छ । सो कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए । ग्रीन डेभलपमेन्ट बैंक ३.७७, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एण्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ प्रतिशतले कमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ९.५६ प्रतिशतले गुमाए । दिव्येश्वरी हाइड्रोपावर पाँच, हिमालयन पावर पार्टनर ४.९३, गुराँस लघुवित्त वित्तीय संस्था ४.७९, अरुण काबेली पावर ४।२९ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०६ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ ३ मंगलवार १७:३९ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...