३ भाद्र, काठमाण्डौं । ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजका अध्यक्ष निलकण्ठ तिवारीलाई माृतशोक परेको छ ।
अध्यक्ष तिवारीकी आमा विष्णु कुमारी तिवारीको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
विगत केही वर्षदेखि अल्जाइमरको समस्याले पीडित रहनु भएकी आमा विष्णु कुमारीको मंगलबार पर्वतको सरौंखोलास्थित आफ्नै घरमा निधन भएको हो ।
ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजकी सम्पादक मीना शर्माकी सासुआमा समेत रहेकी विष्णु कुमारीको भोली (बुधबार) विहान १० बजे पर्वतस्थित शिला सालिग्राम सेतीवेनी धाममा लगेर दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय विष्णु तिवारीका छोराहरु जयनारायण तिवारी, पुण्य प्रसाद तिवारी, कृष्ण प्रसाद तिवारी, निलकण्ठ तिवारी,दीपक तिवारी र छोरी खुम कुमारी वस्याल रहेका छन् ।
आमा विष्णु कुमारी तिवारीको ८१ वर्षको उमेरमा भएको दुःखद निधनप्रति ऐक्यबद्धता परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दर्छौ ।
वि.सं.२०७६ भदौ ३ मंगलवार २१:२८ मा प्रकाशित