३ भाद्र, काठमाण्डौं । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा नियन्त्रणमा लिइएका ‘सिधाकुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई चितवन प्रहरीले थप पाँच दिन हिरासतमा राख्ने भएको छ ।
रवि लामिछाने सहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई पनि थप पाँचदिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको हो ।
गत हप्ता शुक्रबार पोनीपोखरीस्थित न्युज २४ को कार्यालयबाट हिरासतमा लिइएका लामिछाने, कंडेल तथा कंलकीबाट पक्राउ परेकी नर्स कार्कीलाई थप पाँचदिन हिरासतमा राखिने भएको हो ।
चितवन प्रहरीले तीनैजनामाथि अनुसन्धान गरेर नसकिएको भन्दै थप १० दिन थुनामा राख्ने अनुमति अदालतसँग माग गरेको थियो । सोहि आधारमा उनीहरुलाई थप पाँचदिन थुनामा राखिने भएको हो ।
वि.सं.२०७६ भदौ ३ मंगलवार २२:०२ मा प्रकाशित