back
CTIZAN AD

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

वि.सं.२०७६ भदौ २ सोमवार

1.2K 

shares

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिर्पोट चितवन प्रहरीलाई प्राप्त भएको छ ।

१० दिन लगाएर तयार गरिएको उक्त पोष्टमार्टम रिर्पोटमा के छ भनेर प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले उक्त रिर्पोट अहिले खलाउन नमिल्ने बताउँदै सबै अनुसन्धानपछि नै बताउने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दान बहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदैछौं । यस क्रममा कुनै नयाँ तथ्य पनि फेला परेको छ ।’


गत २२ साउनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पुडासैनीको काठमाडौंस्थित महाराजगन्जको शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । १०दिन लगाएर तयार पारिएको उक्त रिर्पोटसँगै मृत्युअघि रेर्कड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ । भिडियो ल्याबको रिर्पोट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाई छ ।

सिआइबीको टोली चितवनमा
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन आएको हो । मृत्युसँग जोडिएका विविध पक्षहरूको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गर्ने जनाइएको छ । ‘यस घटनामा चितवन प्रहरीले आफ्नै तरिकाले पनि अनुसन्धान अघि बढाइरहेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘थप सहयोग र अनुसन्धानलाई व्यवस्थित, छिटोछरितो बनाउन उहाँहरू आउनुभएको हो ।’

यसैबीच निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेको छ । बैठकले तीनवटा फरक निर्णयहरू गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार पत्रकार पुडासैनीको मृत्यु घटनाको स्वच्छ र निष्पक्ष न्याय सम्पादन गर्न प्रहरी प्रशासनलाई सहयोग गर्न राजनीतिक दलले जनतालाई आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै, हिरासतमा रहेका तीन अभियुक्तको हकमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्यायनिरूपण कार्यमा सहयोग गर्ने र शान्ति सुरक्षामा खलल पु(याउने, तोडफोड गर्ने कामलाई निरुत्साहित गर्ने निर्णय भएको छ ।

वि.सं.२०७६ भदौ २ सोमवार ०८:१३ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...