back
CTIZAN AD

म शालिकराम नै हो !

वि.सं.२०७६ भदौ ३ मंगलवार

1K 

shares

म शालिकराम पुडासैनी
पत्याउँनु भएन ?
हो क्या हो
म शालिकराम नै हो !

त्यो भिडियो छ नि
त्यो मै बोलेको हो
मैले नै रेकर्ड गरेको
हाहाहाहाहा
हिहिहिहिहि
त्यो…मै..हो …क्या !

मर्ने वेलामा चै
म एक्लै मरेको हुँ
आफैं मरेको हुँ
तिमीले मलाई कायर भन्यौ
होइन ?
स्त्री लम्पट भन्यौ होइन ?
हो
म अलि अलि स्त्री लम्पट
बनेकै हो
सङ्गत गुनाको फल भन्थे
पत्याउँदिनथें
पत्याएँ
तपाईहरू पनि पत्याउँनोस !

आफ्नै खर्च हालेर
हप्तौ जुलुस गर्ने
मेरा पनि कोही भैदिए
या कोही दाता मात्रै पनि भैदिए
आज मेरो पनि नाम आउँथ्यो
मेरो पनि तस्विर हुन्थ्यो
व्यानरमा
मेरी श्रीमती
मेरी आमा
उनीहरू रोएको समाचार
हुन्थ्यो !

रवी दाई महान हुनुहुन्थ्यो
म नाथे पैतालाको धूलो
वहाँको लागि देशै रोएको
देखाउँदा
मेरी आमा रोएको कसैले देखाएन
हाहाहाहाहा
हिहिहिहिहि
हिहिहिहिहि
हुँहुँहुँहुँहुँहुँहुँ
थाहा भयो थाहा भयो
जम्मै मलाई पनि थाहा
भयो !

म कसरी मरें ?
तिमर्ले खोज्यौ
म किन मरें ?
कसैले खोजेनौ !

मेरी श्रीमतीलाई थाङ्ने
आइमाई भनेको
हाहाहाहाहा
भन भन भन
मन लाग्दी भन
न मेरो गोप्य संरक्षक थियो
न मेरो हुरुक्क हुने जिउडाल
न म पर्दा बाहिर देखिन्थें
हिहिहिहि ल ल ठीकै छ !

म शालिकराम नै हो क्या
म आफै मरेको
तर
मेरो मृत्युका कारण छन्
ती कारणहरू उधिन्दा
पृथ्वी प्रलय हुन्छ
स्वर्ग घोप्टिन्छ र नरकमा
डुव्छ
स्वर्गसँगै डुव्छन्
भगवानहरू !

भो भो
मेरो कारणले भगवानलाई
किन दुख
मलाई मर्न देऊ
हामी मरेर देशलाई के घाटा
खाने एउटा पेट घट्छ
न कुनै फ्यान
न लोभ लाग्दो ज्यान !

हाहाहाहा
हिहिहिहि
हुँहुँहुँहुँहुँ
तर तिमर्का संझनामा
म आइरहनेछु
सँधै सँधै
यो न्याय मरेको देशमा !

वि.सं.२०७६ भदौ ३ मंगलवार २०:३४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...