back
CTIZAN AD

एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल र महासचिबमा ओम अधिकारी

वि.सं.२०७६ भदौ ३ मंगलवार

1.2K 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आयारल्याण्डको अध्यक्षमा मिलन छन्त्याल र महासचिवमा ओम अधिकारी निर्वाचित भएका छन् ।

सोमबार (अगस्त १९) मा डब्लिनमा सम्पन्न परिषद्को ७ सातौं अधिबेशन तथा निर्वाचनले उपाध्यक्षद्धमा राम सापकोटा, अवेद्य पाणी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महसचिबमा ओम अधिकारी, कोषाध्यक्षमा सुमन गुरुङ, सचिबमा प्रेम प्रसाद घले, सहकोषाध्यक्षमा जयन्द्र राना तथा महिला सदस्यहरुमा करुणा थापा र सदस्यहरुमा बाबुकृष्ण खतिवडा, दीपा राई, निशान्त शर्मा, प्रकाश तामांग र पुस्कर बोम्जन निर्बाचित भएका छन् ।
त्यसैगरी संघको आइसिसि सदस्यमा विनोद कार्की र महिला संयोजकमा अन्जु काफ्ले तथा युवा संयोजकमा अनिश भण्डारी निर्बिरोध निर्वाचित भएका छन् ।

सातौं साधारणसभालाई सम्बोधन गर्दै साधारणसभाका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संघमा नयां नेतृत्व छान्न गरिएको चुनावी प्रक्रियालाई नराम्रो ठान्न नहुने बताएका थिए ।

नवनिर्बाचित अध्यक्ष मिलन छन्त्यालले, परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्दै पर्यटन वर्ष २०२० लाई सहयोग पुर्याउन आयरल्याण्डमा पर्यटन प्रवद्र्धन गर्न सक्रिय भूमिका खेल्ने, खेलकुद कार्यक्रमलाई अगाडि बढाउने, छिट्टै नै गैरआवासीय नेपाली संघ यूरोपियन फुटबल प्रतियोगिता सञ्चालन गर्न पहल गर्ने, बिद्यार्थीहरुको हितमा सधै तत्पर हुने र “जब फेर’ जस्तो उपलब्धिमुलक कार्यक्रम बिधार्थीहरुको लागि छिट्टै प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै आयरल्याण्डमा रहेका सबै नेपाली संघसस्थाहरुसँग सद्भाव र सहकार्य गर्दै अगाडी बढ्ने समेत बताए ।

अर्का अध्यक्षका उम्मेदवार रहेका गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वउपाध्यक्ष, तथा कोर्क समाजका पूर्वअध्यक्ष बसन्त न्यौपानेले हार जित भन्दा पनि सबैलाई समेटर संस्था अगाडि बढ्नुपर्ने भन्दै नयाँ कार्यसमितिलाई सहयोग गर्दै अगाडि बढ्ने बताएका थिए ।

सोहि अवसरमा निबर्तमान अध्यक्ष नबराज कोइरालाले आफ्नो कार्यकाल सफल रहेको महसुस गरेको बताउँदै नबनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

निबर्तमान महासचिब उज्ज्वल ह्योम्बाले गैरआवासीय नेपाली संघको हितको लागि आफू सदै सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए भने संघका पूर्बअध्यक्ष गणेश प्रसाई र राजन काफ्लेले निर्बाचनको प्रसंसा गरेका थिए ।

निर्बाचन प्रमुख रहेका संघका पूर्वअध्यक्ष शुक्रराज न्यौपानेले आफूलाई निर्बाचन प्रमुखकको महत्वपूर्ण जिम्मेवारी दिएकोमा गैरआवासीय नेपाली संघ आयरल्याण्ड लाई धन्यवाद व्यक्त गरेका थिए भने निर्बाचन सदस्यहरु शुक्मन लामा, दलराम तामांग र संजय अधिकारीहरुले निस्पक्ष निर्बाचन गराउनु सक्रिय भूमिका खेलेका थिए ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १९:५२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...