back
CTIZAN AD

आज नानी गौरा

वि.सं.२०७६ भदौ ४ बुधवार

849 

shares

४ भदौै, बैतडी । सुदूरपश्चिमेलीको मुख्य चाड गौरा शुरु भएसँगै गाउँघरमा रौनक छाएको छ । बैतडीसहित सुदूरपश्चिममा मनाइने यस पर्वको दोस्रो दिन आज व्रतालु महिलाले ‘बिरुडा’ (गहँु, केराउ, गहत, मास र गुरुस) पखाल्ने गर्दछन् । हिजो भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ तथा धारामा लगेर पखाल्ने चलन छ । व्रतालु महिलाले आज बिहानै स्नान गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गरेका र धान, साउँ, तिल, अपामार्गलगायत बोटबाट गौराको प्रतिमूर्ति बनाई शृङ्गारपटार गरेर गौराको पूजा गरेको पण्डित दयाकृष्ण पन्तले बताए । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गरिन्छ । आज नदी, तलाउ तथा धारामा मनाइने गौरालाई स्थानीयभाषामा ‘नानी गौरा’ भन्ने गरिन्छ ।
नानी गौरालाई भोलि अमुक्ताभरण सप्तमीका दिन भित्र्याइन्छ भने गौराको मुख्य दिन पर्सी दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन व्रतालु महिलाले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्नाका साथै आफ्ना श्रीमान्, छोराछोरी र आफन्तको टाउको पूजा गर्छन् ।
पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिव पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ । बैतडीसहित सुदूरपश्चिममा गौरालाई मुख्य चाडको रुपमा लिने गरिन्छ । गौरामा गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायत पनि खेल भइरहेका श्रीकोटका गणेश विष्टले बताए । यी खेलमा प्राचीन इतिहास, देवीदेवताका गाथा र वीरपुरुषका गाथासमेत समेटिएको पाइन्छ तर अहिले यस्तो संस्कृतिमा युवा पुस्ताको ध्यान गएको पाईदैन । (रासस)

वि.सं.२०७६ भदौ ४ बुधवार १४:०० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...