६ भदौ, काठमाडौं । आत्महत्या आफुले आफैँलाई हत्या गर्नु वा आफैँ समाप्त हुनुलाई आत्महत्या भन्ने गरिन्छ । आत्महत्याका विभिन्न कारणहरु हुन सक्छन् सामाजिक रितिरिवाज ,समाजले गर्ने व्यवहार, आत्मसन्तुष्टि हुन नसक्नु मानसिक विचलन बढी महत्वाकाक्षीं बन्नु आत्महत्याका कारणहरु हुन् ।
पछिल्लो समय आत्महत्या समाज विकासको निकै ठूलो बाधक बन्दै गएको विष्लेषकहरु बताउँछन् । आत्महत्याका घटना गाउँमा भन्दा सहरी क्षेत्रमा बढी भएको देखिन्छ । त्यसमा पनि महिला भन्दा पुरुषले बढी आत्महत्या अगाँलेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
आत्महत्या पछिल्लो समय ठूलो समस्या र चुनौतीका रुपमा पनि देखापर्दै आएको छ । सरकार \गैरसरकारी संस्थाहरुले आत्महत्या रोक्नका लागि थुप्रै जनचेतनामूलक कार्यक्रम गरे पनि यसमा न्युनिकरण भने हुन सकेको देखिदैंन ।
महिला या पुरुष हिंसामा पर्दा तत्कालीन परिस्थितिको सामना गर्न नसक्दा आत्महत्यालाई रोज्न पुग्ने गरेको अधिकारकर्मीहरु बताउँछन् । आर्थिक वर्ष २०७३\७४ देखि २०७५\७६ सम्म (३ वर्ष) मा प्रदेश नम्बर १ मा मात्रै ३ हजार ४ सय ८९ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ ।
आ.वर्ष २०७५\७६मा मात्रै १ नम्बर प्रदेशमा १ हजार २ सय ३५ ले आत्महत्या गरेको समाचार शुक्रबारको गोरखापत्रमा रहेको छ । आत्महत्या गर्नेहरुमा बढी १६ वर्ष देखि ३० वर्ष उमेर समूहका र त्यसपछि ३२ देखि ४१ वर्ष उमेरसमूहका रहेको पाइएको छ ।
महिला होस् या पुरुष विभिन्न समस्याबाट घेरिएर समस्याबाट उम्कनका लागि सजिलो उपाय आत्महत्यालाई रोज्ने गरेको पाइन्छ । आत्महत्यालाई न्यूनिकरणका लागि समाज सचेत हुन आबश्यक देखिन्छ भने सरकार तथा सरोकारवालाहरुले पनि यस विषयमा विशेष कार्यक्रमका साथ सचेतना बढाउँदै अघि बढ्नुपर्ने देखिन्छ ।
वि.सं.२०७६ भदौ ६ शुक्रवार १४:१३ मा प्रकाशित






























