back
CTIZAN AD

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

वि.सं.२०७६ भदौ ६ शुक्रवार

939 

shares

६ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले आज शुभकामना सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्दै गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् ।
विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउन कोशेढुङ्गा सावित भएको सभापति देउवाको विश्वास छ । उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन् । (रासस)

वि.सं.२०७६ भदौ ६ शुक्रवार १४:५३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...