back
CTIZAN AD

भारतको एक मन्दिरमा भागदौड हुँदा चार जनाको मृत्यु, कैयौँ घाइते

वि.सं.२०७६ भदौ ६ शुक्रवार

816 

shares

६ भदौ , नयाँ दिल्ली । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ ।

सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन । कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन् ।

भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन् । सिन्ह्वा

वि.सं.२०७६ भदौ ६ शुक्रवार १४:५६ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...